arrow

‘अब अमेरिकाले आर्थिक सहायता कटौति गर्छ’ : परराष्ट्रविद्

logo
प्रकाशित २०७३ कार्तिक २४ बुधबार
foreign-experts-in-club.jpeg
काठमाडौं । परराष्ट्रविदहरुले अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहायता कटौति हुने संभावना औंल्याएका छन् । संयुक्त राज्य अमेरिकाको ४५ औं राष्ट्रपतिमा बुधबार डोनाल्ड ट्रम्प विजयी भए लगत्तै रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अमेरिकाका लागि पूर्वराजदुत डा. शंकर शर्माले अमेरिकाले दिँदै आएको आर्थिक सहायता घट्ने कुरा औंल्याएका छन् । 
 
उनले भने,‘नवनिर्वाचित राष्ट्रपतिको नीति अनुसार अब आर्थिक वृद्धिदरमा नकारात्मक प्रभाव पर्न सक्ने खतरा छ, यदि त्यसो भयो भने अमेरिकाले वैदेशिक सहायतामा कटौति गर्नेछ, त्यसो गर्दा स्वभाविक रुपमा नेपाललाई पनि असर पर्छ ।’पूर्वराजदुत शर्माले राष्ट्रपतिय चुनावको नतिजा पूरा विश्वकै लागि अप्रत्यासित रहेको बताउँदै भने,‘उनको विजयी वास्तवमै अप्रत्यासित नै हो, धेरैले यस्तो अनुमान गरेकै थिएनन ।’ उनले ट्रम्पको विजयीले काला जाति, विश्वविद्यालयमा अध्ययनरत युवाहरु तथा महिलाहरुलाई यो नतिजाले निराश बनाएको समेत बताए । 
 
अमेरिका आँफैमा विश्वमै राजनैतिक एवम् आर्थिक रुपमा शक्तिशाली राष्ट्र भएकोले ट्रम्पको विजयीसँगै यसको वैदेशिक नीति तथा आर्थिक नीतिमा केही परिवर्तन आउन सक्ने स्वभाविक संभाव्यता शर्माले औंल्याए । उनले भने,‘अब अमेरिकाले नयाँ ट्रेड सम्झौता गर्दैन, बरु रिभ्यु गर्छ ।’उनका अनुसार उक्त नीतिले फाईनन्सल्ली ईण्डिपेन्डेन्ट राष्ट्रलाई जस्तो भारतलाई पनि यसको असर पर्नै सक्छ । शर्माले थपे,‘यसले गर्दा अब ट्रेड वार हुने संभावना छ ।’
 
शर्माले नेपालले अब ककस मार्फत आफ्नो देशलाई फाईदा हुने कुरा अघि बढाउन सक्ने समेत धारणा राखे । क्यापिटल हिलस्थित् ककसबाट नेपालले आफ्नो आर्थिक साझेदारीको कुरा अघि बढाउनुपर्ने शर्माले सुझाएका छन् । त्यस्तै उनले अहिले आप्रावासीहरुलाई ठूलाय भयको वातावरण सिर्जना भएको उल्लेख गर्दै ईमिग्रेसन पोलिसीमा पनि केही कडाई हुन सक्ने बताए । उनले थपे,‘उहाँले चुनावी दौरानमा बोलेजस्तो कुरा लागु गर्ने हो भने रोजगारीमा पनि हतोत्साही उत्पन्न हुन सक्छ ।’ यद्धपी उनले अमेरिकाको सिनेट, कँग्रेस र राष्ट्रपति पनि रिपब्लिकनकै भएपनि कतिपय रिपब्लिकनहरुले नै ट्रम्पका नीतिहरु सजिलै पास नगर्ने समेत बताए । 
 
त्यस्तै कार्यक्रममा परराष्ट्रविद एवम् नेकपा एमालेका सांसद डा. राजन भट्टराईले पनि ट्रम्पले चुनावी दौरानमा बोलेका कुरा लागु गर्ने अवस्था आए यसको सबैभन्दा बढि प्रभाव महिला, आप्रावासीहरुलाई पर्न सक्ने चर्चा तथा परिचर्चा भैरहेको प्रति टिप्पणी गर्दै भने,‘उहाँले बोलेका कुरा लागु भए विश्वमा राजनीतिमा ठूलो प्रभाव आउँछ, ग्लोवल पोलिटिक्समा यसले ट्रेम्डेस ईम्प्याक्ट पार्छ ।’ यद्धपी उनले चुनावी मैदानमा बोल्ने कुरा एउटा भएपनि पदमा निर्वाचित भएपछि त्यसलाई हुबहु लागु गर्न नसकिने भन्दै कतिपय कुराहरुमा भने यसले असर पार्ने  टिप्पणी गरे । उनले नेपालमा ठूलो प्रभाव नपरेपनि आर्थिक सहायतामा भने कमि आउने धारणा राखे । 
 
त्यस्तै अर्का पूर्वराजदुत डा. सुरेश चालिसले ट्रम्पले चुनावी दौरान उठाएका एजेण्डाहरु लागु भए जापान, साउथ कोरिया लगायत देशमा अमेरिकी सैनिक कटौति हुने बताए ।अहिले डोनाल्ड ट्रम्प विजयी भएलगत्तै पूरा विश्वमै यसको अवसर र चूनौतिबारे बहस भैरहेको पनि चालिसेले बताए । उनले भने,‘ट्रम्पले रसियासँग राम्रो सम्बन्ध राख्न चाहेका छन्, यसबारे चारैतिर अहिले संशयहरु उत्पन्न भएका छन् ।’ ट्रम्पको कार्यकालमा अब विश्वमा नयाँ शत्तिहरुको उदयी हुने पनि उनले संभाव्यता औल्याए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ