स्याङ्जा। सात बर्ष सम्म कर नतिरेको गाडी वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ। बा ३ च ९७९९ नम्वरको ल्याण्डक्रोजर गाडीले यातायात व्यवस्था कार्यालयलाई सात बर्ष देखि कर नतिरेको चेकजाचका क्रममा फेला पारेपछि वालिङ ट्राफिक कार्यालयले नियन्त्रण लिएर राखेको हो। वाईपी कन्ट्रक्सन कम्पनीले प्रयोग गर्दै आएको गाडीले सात बर्ष सम्म राजस्व ३ लाख ७८ हजार राजस्व यातायात कार्यालयलाई बुझाउनु पर्ने देखिन्छ।
वालिङका ट्राफिक इन्चार्ज तेजबहादुर राउतका अनुसार सात बर्षको राजस्व र जरिवाना हेर्दा करिव ५ लाख रकम सरकारलाई बुझाउनु पर्ने देखिन्छ । स्याङ्जाको वालिङ हुवास सडकको वाईपी कन्ट्रक्सनले काम गर्दै आएको छ । ‘क’ वर्गको ठेकेदारले पनि सरकारलाई बुझाउनुपर्ने कर नबुझाई सडकमा गाडी गुडाउदै हिडेकोको अवस्थामा वालिङ ट्राफिक प्रहरीले चेकजाच गर्दा फेला पारेको हो । करिव डेढ महिना अगाडी नियन्त्रणमा रहेको सवारी साधन अहिले सम्म पनि लिन नआएको प्रहरीले जनाएको छ । सात बर्ष सम्म पनि यातायात कार्यालयमा कर तिरेर व्युलुबुक नविकरण गर्नुपर्नेमा अहिले सम्म पनि नविकरण नगरी गाडी गुडाउदै हिडेका थिए । यस्तो हुनुमा कि त प्रहरीकै मिलेमतो हुनुप¥यो कि त उच्च अधिकारीको मिलेमतो हुनुपर्यो एक स्थानीयले भने।
प्रहरीका अनुसार चेकजाचका क्रममा सडक विभागको भन्दै छली गर्ने गरेको बुझिएको छ।
अधिकांश सडककै काम गर्ने वाईपी कन्ट्रक्सनका ठेकेदारले सडक विभाग भन्दै सात बर्ष सम्म सवारी साधनको कर नतिर्नु भनेको कर छली प्रकरणमा समलग्न भएको अनुमान लगाइएको छ। रातो प्लेटका नम्वरका सवारी साधन ट्राफिक प्रहरीको नजरमा कम निगरानी भएकाले पनि राजस्व छली गर्न सजिलो हुने बताइएको छ । सात बर्ष सम्मको कर तिरेपछि मात्रै सवारी साधन फिर्ता दिने वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक उत्तमप्रकाश बरालले बताए।