arrow

जातीय विभेदको घटना

जातीय र लैङ्गिक विभेद भएको हो, गाउँ निकाला हैन – अनमी तुल्सा विश्वकर्मा

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० पुष ४ बुधबार
tulsa-mugu.jpg

मुगु । सोमबार दिनभरजसो सामाजिक सञ्जालमा एउटा वाक्य सहितको तस्बिर भाइरल बन्यो ।

 उक्त भाइरल तस्बिर मुगुको सोरु गाउँपालिका स्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्सा कुमारी विश्वकर्माको थियो ।

तस्बिर माथि क्याप्सनमा लेखिएको थियो दलितले छोएको औषधि नखाने भन्दै स्थानीयले गाउँ निकाला गरे । 

जातीय छुवाछुत सम्बन्धी यो तस्बिर बारे बुझ्न हामीले विश्वकर्मालाई प्रत्यक्ष सम्पर्क गरेका थियौँ । तर, उनले आफूलाई गाउँलेहरूले निकाला नगरेको बताइन् ।

‘गाउँलेहरूले मैले छोएको औषधी नखाने र गाउँ निकाला गरे भन्ने कुराचाहिँ गलत हो, ’ विश्वकर्माले भनिन् ‘तर केही मान्छेले भने दलितले छोएको औषधी नखाने भनेकै हुन् । यो कुरा एक-दुई महिना पहिलेकै हो ।'

मुगुमा आएपछि स्वास्थ्य चौकी नजिकै कोठा सर्ने क्रममा परिवारसँग मात्रै सो कुरा गरेको थिए ‘मैले कहीँ कतै मिडियामा यस्तो कुरा गरेको थिइनँ। अहिले आएर कसले कसरी भाइरल गर्‍यो त्यो थाहा नभएको । मेरो घर दाङको तुलसीपुर हो । म मुगु आएको एक वर्ष भयो ।' मैले कोठा सार्ने कुरा आफ्नो घरमा गरेको थिएँ तुलसाले प्रष्ट पारिन्।

सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले उक्त घटनाबारे जानकारी पाउने बित्तिकै आफू खनायाँ पुगेको र मंगलबार बिहान १० बजे जिल्लाका पत्रकार, प्रमुख जिल्ला अधिकारी, प्रनाउ, राजनैतिक दल र पीडित महिला सहित जिल्ला प्रशासन कार्यालयमा छलफल गरेको बताए ।

छलफलमा पीडित भनिएकी महिलाले आफूलाई त्यस्तो कुनै दबाब नभएको बरु साँझ युवा केटाहरूले जिस्काइ दिने गरेको, घरबेटीले कोठा छोड्न दबाब दिएको र यति दिन बस्दा केही नभन्ने अहिले आएर कोठा छोड्न दबाब दिएपछि आफुले दलित भएकै कारण दबाब बढेको महसुस गरेको सुनाए । 

तुल्साका घरबेटी स्वास्थ्य चौकी खनायाका इन्चार्ज सुरज शाहि भन्छन्,' तुल्सा आफ्नै स्टाफ भएको र उनलाई आफैले आफ्नो घरको कोठा भाडामा दिएको हु उनी कुन जातिको हो मलाइ थाहा नहुने कहीँ हुन्छ ।  आफ्नो परिवार ठुलो भएकाले कोठा अपुग हुँदा उनलाई कोठा खाली गर्न भनेका हौ ।' दलित अलानो फलानोको कुरै छैन कसरी यस्तो झुटो हल्ला फैलियो आफू छक्क परेको बताउँछन् ।

गाउँमा बस्ने कोठा अन्य घरमा नपाएपछि अहिले  तुल्सा सदरमुकाम गमगढी आएकी छन् ।  सदरमुकाम गमगढीबाट स्वास्थ्य चौकी खनाया पुग्न गाडीमा मात्र ४ घण्टा लाग्छ भनेको बेला गाडी पनि पाउँदैन । उनी अब जागिर स्थलमा कसरी पुग्ने भनेर तनावमा हुन्छन् ।

'खबर पाउने बित्तिकै म त्यहाँ (खनायाँ स्वास्थ्य चौकी) पुगेको थिए। म तुल्साजीसँगै सदरमुकाम फर्किएको छु' उपाध्यक्ष शाहीले भने ‘तुलसाजी पनि मसँगै हुनुहुन्छ । उहाँको नम्बरमा धेरैको फोन आएपछि तनाव भएर अफ गर्नुभएको छ । बस्नको लागि खनाया गाउँमा नभए पनि नजिक को गाउँहरूमा व्यवस्था गर्छौ ।'

यता प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी र डिएसपी वीरेन्द्र थापाले घटना बारे अझै प्रहरी प्रशासनले सूक्ष्म अनुसन्धान गर्ने  र कोही दोषी देखिए प्रक्रिया पुराएर कारबाहीको लागि निवेदन आए कानुन बमोजिमको कारबाही गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ