arrow

कर्णाली प्रदेश सरकारको गौरवको योजना

रारा पर्यटन पदमार्ग र 'साइक्लिङ रोड' निर्माण कार्य कछुवा गतिमा 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० फागुन ९ बुधबार
rara-road-11-09.jpg

मुगु । पर्यटन प्रवर्द्धनका हिसाबले कर्णाली प्रदेशकै गौरवको आयोजनको रूपमा लिएको रारा पर्यटन पदमार्गको निर्माण कार्य पछिल्लो समयमा ठेकदारको लापरबाहीका कारण ६ महिना यता अलपत्र परेको छ । राराको पर्यटन प्रवर्द्धनका लागी आर्थिक वर्ष ०७८।०७९ मा कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालय अन्तर्गत रारा पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागी डिभिजन वन कार्यालय मुगुले रारा पर्यटकीय पदमार्ग निर्माणका लागी टेण्डर आह्वान गरेको थियो ।

पर्यटन प्रवर्द्धनका हिसाबले कर्णाली प्रदेशकै गौरवको आयोजनको रूपमा लिएको रारा पर्यटन पदमार्ग निर्माणको जिम्मा लिएको ठेकेदारका कारण निर्माणको काम नहुँदा अहिले आयोजना अलपत्र रहेको हो । ४५ करोड २९ लाख १० हजार ४ सय ७९ रुपैयाँ ६५ पैसामा निर्माणको जिम्मा लिएको खानी थोदुङ्ग क्याराभान जेभी प्राली सँग आर्थिक वर्ष ०७८।०७९ मा सम्झौता भएको थियो । सोही आर्थिक वर्षबाट काम थालनी गरी ०८३ मा आयोजना सम्पन्न गर्नु पर्ने भए पनि हालसम्म पदमार्गको ६ दशमलव ९ किलो मिटर ढुङ्गा बिछाउने काम मात्र भएको छ । सम्झौता अनुसार १४ किलो मिटर लम्बाई रहेको पदमार्गमा ढुङ्गा १५ सेन्टिमिटर उचाइमा सिमेन्ट १० सेन्टिमिटर पिसीसी र दैलेखको खानी ढुङ्गाका सिलेटहरू बिछाउनु पर्ने सम्झौता भएपनि हालसम्म सरोकारवाला हरूको दबाबमा थोरै काम भएपनि सन्तोष जनक काम नभएको डिभिजन वन कार्यालय मुगुका कार्यालयका प्रमुख अमर प्रसाद शाहले बताए ।

प्रमुख शाहका अनुसार डिभिजन वन कार्यालयबाट ८ करोड पेस्की समेत लगिएको छ । पेस्की लिएर एक वर्ष सम्म ठेकेदारले काम गरेनन् । पेस्की अनुसारको कामको प्रक्रिया अगाडि नबढेपछि डिभिजन वन कार्यालय मुगुले खानी थोदुङ्ग क्याराभान जेभी प्रालीको जमानत बसेको प्राइम क्रमसियल बैकलाई क्षति पूर्ति सहित पेस्की लिएका रकम फिर्ता गर्न पत्राचार गरेपछि ठेकेदार पक्षले आफ्नो काम गर्ने अवधि पाँच वर्ष भएको भन्दै उच्च अदालत पाटनमा रिट दायरा गरेको थिए । उच्च अदालतले उक्त रिट खारेज गरी डिभिजन वन कार्यालय मुगुको पक्षमा फैसला गरेपछि बल्ल पछिल्ला केही महिना यता केही काम भएको छ ।

ठेकेदारले लिएको ८ करोड मध्ये ४ करोड २५ लाख बराबरको मात्र काम भएको छ । समयमै भएको काममा थप काम गर्दै नजाने हो भने काम भएका स्थानहरूमा बिछाएका ढुङ्गा भत्किँदै र पुरिँदै जान सक्छ त्यस्ता स्थानमा पुन निर्माण तथा मर्मत गर्नुपर्ने हुन्छ । अहिले निर्माण भएको ६ दशमलव ९ किलो मिटर बिछाएका १ हजार ५ सय ५२ दशमलव ५ घन मिटर ढुङ्गाहरू मध्ये ठेकेदारले २ सय २० मिटर पुन मर्मत गर्नु पर्ने डिभिजन वन कार्यालय मुगुका इन्जिनियर धनसिंह रोकायाले जानकारी गराए । उक्त पदमार्गमा बिछाउने ढुङ्गा भ्याट सहित प्रति घन मिटर २५ हजारमा निकुञ्ज क्षेत्र बाहिरबाट ढुवानी गरेर पदमार्गमा प्रयोग गर्न डीपीआरमा उल्लेख भई डिभिजन वन कार्यालयमा सम्झौता भएको छ । 

जिल्लाका चारै स्थानीय तहहरूमा जिल्ला दररेट भ्याट सहित प्रति घन मिटर ७ हजार ९ सय ९८ रुपैयाँ लागु गरिएको भएपनि उक्त आयोजनको डीपीआरमा ढुङ्गाको मूल्य बढी राखी निकुञ्ज भित्रकै आयोजना निर्माण गर्दा निकुञ्ज भित्र बाटै ढुङ्गा प्रयोग गरि डीपीआर विपरीत स्थानबाट ढुङ्गा प्रयोग गरिएको पाइएको छ । यो हिसाबले पनि डीपीआर बनाउँदा देखि मिलेमतोमा काम भइरहेको प्रस्ट देखिन्छ ।

कर्णाली प्रदेशकै पर्यटन क्षेत्रको गौरवको योजना भएको र निर्माण कार्यमा ठेकेदार पक्षले ढिलाइ गरेको भन्दै कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री कृष्णा कुमार बिसी र उक्त मन्त्रालयका सचिव समेत निर्माण स्थलमा पुगेका भएपनि कामको गतिलाई अगाडि बढाउन नसकेको, कामको गति अगाडि बढाउन ठेकेदार पक्षलाई कर्णाली प्रदेश सरकार, सम्बन्धित मन्त्रालय, वन डिभिजन कार्यालय लगायत सबै सरोकार निकायहरूले दबाब दिए पनि ठेकदारले काम नगरी अटेरी गरिरहेको देखिएको छ , यो आयोजना सुरुवात देखी नै केही पूर्व मन्त्रालयका कर्मचारी र मन्त्रीहरूको सेटिङ्गबाट सञ्चालन भएको देखिन्छ । अब यो आयोजना छिटो निर्माण गर्नको लागी हरपल कर्णाली प्रदेश सरकार र मातहत मन्त्रालयमा पहल भई रहेको छ । विशेष गरी मुख्य ठेकेदार आयोजना स्थलमा नआउने । दोस्रो,तेर्सो पक्षका व्यक्तिहरूलाई न्यून दरमा कामको जिम्मेवारी दिने गरेको । आयोजनाको काम गर्ने रकम मुख्य ठेकेदारले लिने र पेटीवालाले नपाउने प्रवृत्तिका कारण यो आयोजना पछिल्लो समयमा अलपत्र परेको मुगु जिल्ला प्रदेश क्षेत्र नम्बर १ का संसद एवं कर्णाली प्रदेश सरकार निवर्तमान मन्त्री जीतबहादुर मल्ल बताउँछन् ।

यो पदमार्ग निर्माण सम्पन्न भए पछि यसलाई साइकल मार्गमा परिणत गर्ने उद्देश्य डीपीआरमा भएको भएपनि डीपीआरमा यो मार्गको चौडाइका विषयमा कमजोरी देखिएको जिल्ला वन कार्यालय मुगुका कर्मचारीहरू बताउँछन् ।रारा राष्ट्रिय निकुञ्ज निमित्त संरक्षण अधिकृत राजु घिमिरे यो पदमार्ग निर्माणाधीन अवस्थामा भएकाले केही संशोधन गर्नु पर्ने सुझाव दिन्छन् । उनी भन्छन्,' पदमार्ग भनिए पनि यो साइक्लिङ रोड हो त्यसैले अहिले चौडाइ १ दशमलव ५ मिटर छ यसलाई कम्तीमा २ मिटर बनाउनु पर्छ कतै ग्रेट मिलेको छैन त्यो मिलाउनु पर्छ ।'
यो पदमार्गको डिपीआर डिभिजन वन कार्यालय मुगुबाट नभई उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालय सुर्खेत मार्फत कन्सन्टेन्सीले तयार पारेको थियो ।

जिल्लाका चारै स्थानीय तहहरूमा जिल्ला दररेट भ्याट सहित प्रति घन मिटर ७ हजार ९ सय ९८ रुपैयाँ लागु गरिएको भएपनि यो आयोजनको डीपीआरमा ढुङ्गाको मूल्य बढी राखी निकुञ्ज भित्रकै ढुङ्गा प्रयोग गरिएको पाइएको छ । भने ठेकदारले कामदारलाई प्रति घन मिटरको ३५ सयका दरले काम दिए पछि ६ सय मिटर १ सय ३५ धन मिटर काम गरेको ३ हजार ५ सयका दरले हुन आउने ३३ लाख ७५ हजार भन्दा बढी रकम नपाएको १ प्याक चामल ,१ पोका तेल पाएको १५ जनाले ६५,६५ दिन काम गरेको एक रुपैयाँ नपाएको पिटी कामदार ठेकेदार जसिमल भियालले बताए ।

२०७९ सालका काम लिएको हो ४ सय ८० धन मिटर काम गरेको हु डिभिजन बन कार्यालयबाट ठेक्कादारले ८ करोड लिई सकेको र मैले एक रुपैयाँ पाएको छैन ६०,७० जना काम दार लगाएको थिए राशन बापत ६,७,लाख खर्च भएको छ । पाउनु पर्ने १४,१५ लाख भन्दा बढी छ । मुख्य ठेकदार चन्द्र थकाली जुम्लाको रहेछ ,मलाई हुम्लाको ध्रुव कुमार शाहीले काम लगाएका हुन मैले ६०,७० जनालाई काम लगाए मलाई ठेक्कादारले एक रुपैयाँ दिँदैन म कसरी कामदारलाई ज्याला दिने आयोजनाका तेस्रो पेटी ठेकदार रत्न बहादुर सावत बताउँछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ