arrow

उद्योगपति राउतले विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको अस्पताल खोल्दै

logo
विवेक मिश्र, 
प्रकाशित २०८० पुष ४ बुधबार
rajendra-raut-industralist-.jpg

मोरङ । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष एवम् विराटनगरका उद्योगी राजेन्द्र राउतले अस्पताल संचालन गर्ने भएका छन् ।

सिमेन्ट, जुत्ताचप्पल, खानीलगायत दर्जनौँ उद्योग संचालन गर्दै आएका राउतले सेवा क्षेत्रमा हात हाल्दै अस्पताल संचालनको तयारी थालेका हुन् ।

विराटनगर र बुढीगङ्गा सीमानामा रहेको राउत कन्ट्रक्सनको परिसरमै अस्पताल निर्माण हुने राउतले जानकारी दिए । उनका अनुसार १६ कठ्ठा जमीनमा अस्पतालको संरचना निर्माण हुनेछ ।

अस्पतालको आज शिलान्यास गरेका छन् । सबै प्रकारका सुविधा र विशेषज्ञ सेवा प्रदान गर्ने आरआर इन्टरनेशनल अस्पताल शुरुआती चरणमा २०० शय्याको हुनेछ । 

अस्पताल ५० करोड रुपैयाँको लगानीमा बन्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ