उद्योगपति राउतले विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको अस्पताल खोल्दै
विवेक मिश्र,
प्रकाशित २०८० पुष ४ बुधबार
1.7k
Shares
मोरङ । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष एवम् विराटनगरका उद्योगी राजेन्द्र राउतले अस्पताल संचालन गर्ने भएका छन् ।
सिमेन्ट, जुत्ताचप्पल, खानीलगायत दर्जनौँ उद्योग संचालन गर्दै आएका राउतले सेवा क्षेत्रमा हात हाल्दै अस्पताल संचालनको तयारी थालेका हुन् ।
विराटनगर र बुढीगङ्गा सीमानामा रहेको राउत कन्ट्रक्सनको परिसरमै अस्पताल निर्माण हुने राउतले जानकारी दिए । उनका अनुसार १६ कठ्ठा जमीनमा अस्पतालको संरचना निर्माण हुनेछ ।
अस्पतालको आज शिलान्यास गरेका छन् । सबै प्रकारका सुविधा र विशेषज्ञ सेवा प्रदान गर्ने आरआर इन्टरनेशनल अस्पताल शुरुआती चरणमा २०० शय्याको हुनेछ ।