arrow

घरायसी झगडामा श्रीमतीको घाँटी थिचेर हत्या, श्रीमान् पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १२ बिहिबार
hatya-murder.jpg

पोखरा । पोखरामा आज दिउँसो एक महिलाको हत्या भएको छ । म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका वडा नं. ७ ताकम घर भई हाल पोखरा महानगरपालिका वडा नं. २९ नौबिसे बस्दै आएकी ३९ वर्षकी रेखा घर्तीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

रेखाको हत्या आरोपमा उनका श्रीमान् ३६ वर्षका रत्नबहादुर घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए ।

आज दिउँसो १ः४० बजे घरायसी झगडामा रत्नबहादुरले श्रीमती रेखाको तोरी बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको आरोप छ ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले रत्नबहादुरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ