arrow

सहरी विकास मन्त्री केसीले जापानी राजदूतसँग के मागे ?

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
japani-rajdut-ra-k-c.jpeg

काठमाडौं । नेपालका लागि जापानी राजदूत मासासी ओगावाको प्रतिनिधि मण्डलले सहरी विकास मन्त्री अर्जुननरसिंह केसीसँग भेट गरेको छ । सहरी विकास मन्त्रालयमा विहिबार भएको भेटमा दुईपक्षीय सम्बन्ध, भुकम्प पछिको पुनःनिर्माण,वातावरण व्यवस्थापन लगायतका विषयहरुमा छलफल भयो ।

भेटमा सहरी विकास मन्त्री केसीले नेपालको विकास अभियान र भुकम्प पछिको पुनःनिर्माण, नयाँ सहर निर्माण लगायतका क्षेत्रमा जापान सरकारले गर्दैै आएको सहयोगप्रति आभार प्रकट गरे । मन्त्री केसीले काठमाडौं उपत्यकाको वातावरण सुधारका लागि ओखरपौवा ल्याण्डफिल्ड साईडको स्तरोन्नती र सुधारमा विशेष सहयोग गर्न आग्रह समेत गरे ।

भेटमा जापानी राजदूत ओगावाले जापान नेपालको ६० वर्ष देखिको मैत्री सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास गर्दै  जापान सरकारको सहयोगमा भईरहेको काठमाडौं उपत्यकाको वातावरण सुधार अध्ययनको प्रतिवेदन सन् २०१७ को फेब्रुअरीमा सार्वजनिक गरीने जानकारी गराए ।

भेटमा सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा,परराष्ट्र मन्त्रालयका अधिकारीहरु समेत सहभागि भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ