arrow

सात वर्षीया बालिकाको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
crime-final-everytime-use.jpg
तस्बिर – फाइल ।

भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको हो । 

कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

हत्यामा संलग्न रहेको आशङ्कमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे  अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ