arrow

दाङमा सभागृहको काम सुरु

logo
शरद रेग्मी,
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
dangsilanyas.jpeg
दाङ । दाङमा निर्माण हुन लागेको वहुआयामिक सभागृहको काम शुक्रवार देखि सुरु भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गर्न लागको वहुआयामिक सभागृहको काम अगाडी वढाइएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिए  । सभागृह निर्माण हुने स्थान तुलसीपुर ९ दोघरेमा संघका कार्यसमिति सदस्य एवं यूवा व्यवसायी यज्ञ वहादुर के.सी.ले प्रदान गरेको एक करोड वरावरको जग्गामा सभाहल निर्माण गर्न लागिएको छ ।
 
 यस अघि वाणिज्य संघले सभाहल निर्माणार्थ संचालन गरेको महापुराणवाट झण्डै दुई करोड रुपैया संकलन गरेको छ । संघले सभागृह निर्माणार्थ माघमा व्यापारीक महोत्सव को समेत आयोजना गर्न लागेको संघका अध्यक्ष रिजालले जानकारी दिए । करिव चार कठ्ठा क्षेत्रफलको जग्गामा शुक्रवार वाणिज्य संघका अध्यक्ष रिजाल र निवर्तमान अध्यक्ष हिमाल वस्नेतले संयुक्त रुपमा पर्खालको सिलन्यास गरेका हुन् । हामीले सभागृहको काम सुरु गरेका छौं अबको केही दिनमा यसको शिलन्यास समेत गर्दैछौं संघका अध्यक्ष रिजालले भने । उनले अव खोलाजन्य वस्तुहरुको सहजता भए संगै सभाहलको निर्माण कार्य सुरु गरिने समेत जानकारी दिए ।
 
 यसको निर्माणले दाङमा हुने राष्ट्रिय तथा क्षेत्रिय कार्यक्रमहरु गर्न सजिलो हुने र दाङको पर्यटन विकास र प्रवद्र्धनमा टेवा पुग्ने भन्दै यसमा राज्यले समेत लगानी गर्ने आस्वासन पाएको अध्यक्ष रिजालको भनाई रहेको छ । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु चिरन्जीवी रिजाल, हेमन्त रिजाल, सल्लाहकाहरु खगेन्द्र प्रसाद पोखरेल, सुरेश हमाल, नगरविकास समितिका अध्यक्ष राजन खड्का,उद्योग पति दिनेश डांगी, तुलसीपुर नगरपालीकाका समाज कल्यान अधिकृत टोप वहादुर डांगी लगायत उद्योगी व्यापारी,व्यवसायी एवं स्थानिय वासीहरुको सहभागिता रहेको  प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ