काठमाडौँ । शिवम् सिमेन्टले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको “चाँदी नै चाँदी उपहार योजना” सकिएको छ । कम्पनीले सो योजना अन्तर्गत ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी–गणेश” अकिंत चाँदीको सिक्का उपहार प्रदान गरेको थियो ।
योजना कार्तिक १५ देखि २६ सम्म लागु भएको थियो । शिवम् सिमेन्ट २००९ मा स्थापित भइ अत्याधुनिक जर्मन प्रविधी प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
“गुण्स्तरको पहिचान हो शिवम्” तथा “गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुल नारा रहेको सिमेन्ट कम्पनी आफ्नो गुणस्तरीय बिक्री वितरण र प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहेको कम्पनीको जारी विज्ञाप्तिमा जनाइएको छ ।