काठमाडौं । मेगामार्ट प्रा. लि. अन्र्तगतको विगमार्ट सुपरमार्केटले गत १४ आश्विन देखि २२ कार्तिकसम्म सञ्चालनमा ल्याएको “विगमार्ट जाऔं खरर..., चढौ यमाहा फ्यास्किनो सरर....” योजनाको भाग्यशाली विजेतालाई स्कूटर बाँडेको छ । दशैं र तिहारको अवसरमा ३ भाग्यशाली विजेताको नाम लक्की ड्र मार्फत शुक्रबार विजेता घोषणा गरिएको मेगामार्ट प्रालिले जनाएको छ ।
दशैं र तिहार उपहार योजनाको ३ भाग्यशाली विजेताहरुमा विजेश्वरी काठमांडौ निवासी सुधिर सिंह थापा, काठमांडौ धापासी निवासी बिमला शर्मा र ललितपुर खुमलटार निवासी आदर्श कार्की रहेका छन् । ती तीनै जनाले १÷१ वटा यमाहा फ्यास्किनो स्कुटर प्राप्त गरेका छन ।
विजेता ग्राहकहरुले आफनो परिचय पत्र सहित विगमार्टको लाजिम्पाट स्थित मुख्य कार्यलयमा गएर आफ्नो उपहार लिनसक्ने मार्टले जनाएको छ ।