कपिलवस्तु । डुमरा – ३ सिशवाका राम प्रकाश यादवले बजारमा नुनको अभाव भएको हल्ला चलेपछि घर नजिकै रहेको पसलमा शनिवार बिहान नुन किन्न गए । बर्रोहिया बजारमा गएर सबै पसलमा पुग्दा नुन नै सकिएको जानकारी पाए । विहान बजारमा ८० रुपैया किलोमा नुन विक्री भएर सकिएको उनले बताए । तत्काल घरमा आमलाई फोन गरी गाई भैसिलाई खुवाउने ठिक्के नुन केही बचेको छ । तयसलाई बचाएर राख्नु भनेर भने ।
यस्तै तौलिहवाको गौढी चोक स्थित चल्तीमा रहेको मदन किराना स्टार्समा शनिवार बिहान नुन किन्नेहरुको भिड लागेको थियो । त्यही पसलमा शनिवार बिहान ९ बजे नुन किन्न गएकी स्थानीय अनिता शर्माले नुन नपाए पछि निराश बनेर फर्किएकी थिईन । ‘ चार पाच वटा पसलमा धाए तर नुन पाइएन ’ उनले निराश हुदै भनिन् । नुनको अभाव भएको हल्ला चले पछि किन्न गएको बताईन । एक पोका लैजाने मनिसहरुले ५ देखि १० पोका सम्म लागेको सो किराना पसलमा मालिक मदन गुप्ताले बताए । ‘ एउटै मानिसले एक एक बोरा सम्म पनि किनेर लगे ’ उनले भने ‘ भारतमा नुनको अभाव भएको हल्ला चले पछि नुन किन्नेहरु बढे ’ । अहिले आफनो पसलमा एक पोका पनि नुन नभएको उनले बताए ।
२ दिन अघि देखि भारतीय बजारमा नुनको अभाव भएको ब्यापक हल्ला चलेको छ । त्यसैको असर जिल्लाका बजारहरुमा परेको तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले बताए । ‘ शुक्रवार साझ सम्म बजारमा सहजै नुन पाईथ्यो अहिले भने बजारमा किन्ने बढेकोले अभाव भएको छ ’ उनले भने । भातीय ब्यापारीहरुले चलाएको हल्लाले सदरमुकाम तौलिहवा मात्र होईन चन्द्रौटा, पकडी डुमारा, महाराजगंज, बहादुरगंज लागतयका सबै जसो बजारमा नुन पाईन छाडेको स्थानीय बताउछन् । नुनको अभाव भए पछि ब्यापारीहरुले कालोबजारी गरेर बेच्न कृत्रिम अभाव समेत र्सजना गरेको वाणगगाकी दिना सुवेदिले बताइन ।
प्रति पोका २० रुपैयामा पाईने नुन बजारमा २५ देखि ५० रुपैयामा समेत केही ब्यापारीहरुले बेच्ने गरको उनले आरोप लगाइन । ‘ अभाव देखाउदै नुनको स्टक ब्यापारीहरुले लुकाएका छन, बढी मुल्य लिएर खुलेयाम बेचिरहेका छन् ’ उनले भने । कृत्रिम अभाव र कालोबजारी गर्ने ब्यापारीमाथी कारबाही हुनु पर्ने उनले माग गरिन । नुन अभावको बिषयमा स्थानीय प्रशासनले कोस कदम चाल्नु पर्ने उनले बताइन । उता चन्द्रौटा ईलाका प्रशासन कार्यालयका प्रमुख मेघनाथ पाध्याले नुनको अभावको हल्ला चले पछि त्यहाका किनरा पसलहरुमा निग्रानी बढाईएको बताए । ‘ बजारमा नुन पर्याप्त छ, अनावश्यक हल्ला र भ्रम छरिएको छ ’ उनले भने । ब्यापारीहरुलाई सहजरुपमा नुनको बिक्री गर्न आफुले निर्देशन दिएको बताए ।
उता आयो नुनको अधिकृत आपुर्तिकर्ता कृष्णनगर साल्टट्रेडिङ कर्पोरेशनका निमित प्रमुख बिजय अर्यालले गोदाम र बजारमा पर्याप्त नुन रहेको बताए । ‘ भ्रम र हल्लामा नपरौ, गोदाममा एक बर्ष पुग्ने नुन छ ’ उनले भने । भारतमा चलेको हल्ला पछि नुन एकै ब्यक्तिले चाहिए भन्दा बढी नुन किनेकोले तत्कालकालागि त्यस्तो समस्या आएको उनले दाबी गरे । उता निमित्त प्रमुख जिल्ला अधिकारी भरत बुढाथोकीले नुन अभावका बिषयमा आफmुलाई कुनै जानकारी नभएको बताए । यस बिषयमा बुझेर आवश्यक कदम चाल्ने उनले बताए ।