arrow

भारतमा नोट प्रतिबन्ध भएपछि भारु बोकेर नेपाल छिर्नथाले भारतीय

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
india,P20rupee.jpg.pagespeed.ce.rjJw0Iry3u.jpeg
पर्सा । भारत सरकारले स्रोत खुलाउन नसकेको कालो धन विरुद्ध कारबाही अगाडि बढाएपछि भारतीयहरु भारु बोकेर नेपाल छिर्न थालेका छन् । शनिबार राती ठुलो परिमाणको रकमसहित दुईजना युवकलाई प्रहरीले वीरगन्जको रजतजयन्ती चोकबाट पक्राउ गरेपछि यो रहस्य खुलेको हो । 
 
नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय हजार दरका दुई सय थान नोट सहित र स्रोत खुलाउन नसकेको नेपाली रु १५ लाखसहित ती युवकलाई पक्राउ गरिएको हो । 
 
रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका वीरगन्ज उपमहानगरपालिका–१६ राधेमाई टोल निवासी १७ वर्षीय मनु तिवारीलाई रजतजयन्ती चोकमा रोकी चेकजाँच गर्दा जुत्तामा लुकाइ राखेको भारु हजार दरका दुई सय थान (दुई लाख भारु) नोट बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । 
 
त्यस्तै भारतबाटै नेपाल प्रवेश गर्ने क्रममा प्रहरीलाई शङ्का लागी चेकजाँच गर्दा झोलामा लुकाइ राखेको नेपाली रु १५ लाख बरामद भएपछि वीरगन्ज उपमहानगरपालिका–८ निवासी २२ वर्षीय रञ्जीत सर्राफलाई समेत नियन्त्रणमा लिइएको प्रवक्ता जोशीले बताए। 
 
रकमसहित पक्राउ परेका तिवारी र सर्राफलाई जिप्रकामा राखी आवश्यक अनुसन्धान भइरहेको नायब उपरीक्षक जोशीले जानकारी दिए । उनले भारतीय मुद्रासहित पक्राउ परेका रञ्जीत सर्राफलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया र स्रोत खुलाउन नसकेको रुपैयाँसहित पक्राउ परेका तिवारीलाई सम्पत्ति शुद्धीकरण कार्यालय काठमाडौँ पठाउने तयारी भएको बताए । 
 
भारत सरकारले हजार र पाँच सयको भारुमाथि प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रमा मुद्राको ओसारपसार बढेको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ