arrow

उपत्यकाका अस्पताल नै बिरामी भएपछि [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
dirt-hospital.jpg

काठमाडौँ । मानिसहरु बिरामी भएपछि उपचारका लागि जाने पहिलो ठाउँ भनेको नै अस्पताल हो । अस्पतालमा चिकित्सकको सेवा पाएपछि नै मानिसहरु स्वस्थ हुन्छन् र आफ्नै दिनचर्यामा फर्किन्छन् । 

गुणस्तरहीन खानेकुरा, अस्वच्छ खानेपानी, सडकको धुवाँ, धुलो र पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण मानिसहरु धेरै बिरामी हुने गरेका छन् । जसका कारण पनि मानिसहरु केही न केही रोग लिएर बाँचेका छन् । 

त्यसैले पनि स्वास्थ्यचौकी र अस्पताल पुगेर महिनामा आफ्नो स्वास्थ्यको चेकजाँच गर्नैपर्ने बाध्यता छ । स्वास्थ्य सेवा दिने क्षेत्र नै अस्वस्थ्य भएपछिको अवस्था कल्पना गर्न सकिँदैन । स्वस्थ्य बन्न जाने ठाउँ नै अस्वस्थ भएपछि अर्थात् उपचार लिन जाने ठाउँ नै बिरामी भएपछि के होला ? 

हामी सोच्न सक्दैनौँ । तर यी दृश्यहरु हेर्दा लाग्छ, काठमाडौँ उपत्यकाका केही अस्पतालहरु आफैँ बिरामी छन् । 

अस्पतालको परिसरमा बिरामी कुरुवाहरुका लागि राखिएको कुर्सी, परिसरमा फालिएका स्वास्थ्य सामग्री, सेवा दिन सूचनाका रुपमा राखिएका प्लेकार्डहरु, पुराना स्वास्थ्य सामग्रीहरु यत्रतत्र फालिएको देख्न सकिन्छ । 

अस्पताल परिसरलाई बिरामी बनाइरहेका यी काम सकिएर फालिएका सामग्रीहरुको उचित व्यवस्थापन हुन सकेको छैन । अस्पतालको यो अवस्था देख्दा उपचार गर्न जाने ठाउँ नै बिरामी भएको जस्तो भान सबैलाई हुन्छ नै । 

bhadragol-hospital.jpg
birami-hopsital.jpg
chair-hospital.jpg
hospital-kuruwa.jpg
hospital-mismanage.jpg
kabadi-hospital.jpg
line-hospital.jpg
mismanaged-hospital.jpg
stricher-hospital.jpg
thotra-vehicle-hospital.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ