स्याङ्जा । गएको भदौ १९ गते राती घरमाथीबाट आएको पहिरोमा पुरीएर ज्यान गुमाएका परिवारलाई लायन्स क्लव अफ पोखरा आर्दश चौतारीले आर्थिक सहयोग गरेको छ । लयान्स क्लवले ५० हजार ५ सय ५५ रुपैया मृतकका परिवारलाई घरमै पुगेर सहयोग गरेका हुन् । स्याङ्जाको केवरेभञ्याङ् ७ उपल्लो ताप्के स्थित थमानसिंह सारुका आमा र छोरी नातीनातीना सहित ४ जनालाई पहिरोले पुरिएर ज्यान गएको थियो । घर सहित ४ जना सन्तान गुमाउदाको पिडा सहयोग लिएर जानेहरुलाई थमानसिंह सारुले अझै पनि घट्नाको बारेमा खुलेर कुरा गर्न सक्ने अवस्थामा छैनन् । भदौ १८ गते तिजको दरखाना माइत आएकी ३२ बर्षिय छोरी हुमकला मस्याङ्ग्री सहित उनका ७ बर्षकी छोरी पुनम र १ बर्षिय छोरा सुजन सहित ७८ बर्षिय आमा चन्द्रकुमारी सारु सहित सबै परिवार गफगाफ गरेर सुतेको १ घण्टा नवित्दै घरमाथीबाट आएको पहिरोले पुरीएर मृत्यू भएको थियो ।
न्युन आय भएका सारु अहिले सन्तान सहित घर पहिरोले वगाएको पिडा अझै विर्सन सकेका छैन । ४ जना सन्तान सहित घर पहिरोले वगाएपछि सारुमात्रै होइन सिङ्गो ताप्के गाँउ अहिले सम्म पनि शोकमा डुवेको छ । पहिरोले घर र ४ जनाको ज्यान लिने गरी भएको घट्ना थाहा पाएपछि जिल्ला दैवि प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरीप्रसाद पन्थीले मृतकले पाउनु पर्ने १ लाखका दरले ४ लाख र घरको मर्मत सम्भारका लागि सरकारले उपलव्ध गराउने ५ हजार रकम मात्रै पाएका छन् ।
केवरेभञ्याङ गाविस सचिव चन्द्रप्रसाद रेग्मीका अनुसार उद्धार र राहातको काममा सरकारले सघाएको जानकारी दिए । गाविसको अत्यन्तै दुर्गम बस्ती रहेको उपल्लो ताप्केमा करिव ५० मिटर माथीबाट पहिरो गएको छ । हिउदको समय भएकाले अहिलेलाई कुनै खतरा नदेखिएपनि अर्का बर्षायामा फेरी ठुलो पहिरो जाने हो की भन्ने डरमा सारुको परिवार रहेको छ । विभिन्न संघसंस्थाबाट सहयोग आएपनि सरकारी तर्फबाट पहिरो नियन्त्रण सहितको सहयोगको अपेक्षामा सारुको परिवार रहेको छ । ७८ बर्षिय आमा सहित छोरी र नातीनातीना गुमाएका थमानसिंह सारु सबैले दुःखका बेला सहयोग गरी हामीलाई सहानुभुती प्रकट पाएको बताउछन् ।
दुःखमा मानवीय सेवा गर्ने सामाजिक संस्था लायन्सले सारुको परिवारलाई घरमै पुगेर आर्थिक सहयोग सहित सहानुभुती प्रकट गरेको छ । पोखरामा स्थापना भएको लायन्स क्लव आर्दश चौतारीले स्याङ्जाको दुर्गमबस्तीमा परेको दुःखलाई केही राहत मिलोस भन्ने उदेश्यले सहयोग गरेको आर्दश चौतारीका अध्यक्ष राजेन्द्र भण्डारी बताउछन् ।
४० जनाको समुहबाट बनेको लायन्स क्लव अफ पोखरा आदर्श चौतारीले व्याक्तिगत रुपमा रकम उठाएर सहयोग गर्दा मानवीय दुःख प्रति हाम्रो पनि सहभागिता भएको महशुस गरेको राहत हस्तान्तरण गर्दै भण्डारी बताउछन् । राहत हस्तान्तरणमा क्लवका सचिव शुसिल कोइराला, राहत वितरण कार्यक्रमका संयोजक रुकबहादुर गुरुङ्ले पिडित परिवारलाई राहत उपलव्ध गराउने वातावरण मिलाएका थिए । कोइराला र गुरुङ्को पहलमा पहिरो पिडितले राहत पाएका हुन् ।
मानवजातीलाई दुःख पिडा पर्दा नै सहयोगी भावना आउनु मानवीय धर्मको चरितार्थ लायन्स क्लवले देखाएको छ । राज्य सगँ मात्रै गुहार्ने नागरिकको बानीलाई लायन्स क्लवले गरेको सहयोगलाई आम नेपालीले सिक्नु पर्ने देखिन्छ ।