arrow

एकै जिल्लाबाट दुई दिनमै ४२ जना फरार दोषी नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
arrest1.jpg

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दुई दिनमा ४२ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ। जिल्ला अदालत चितवनबाट सजाय तोकिएका दोषीलाई माघ ८ र ९ गते चितवनका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा पर्नेमा लागुऔषध, सवारी ज्यान मुद्दा, चेक बाउन्स, कतव्य ज्यान मुद्दा लगायतका अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार उनीहरुबाट ३० बर्ष ९ महिना २५ दिन कैद र ५ लाख २२ हजार रुपैयाँ जरिबाना भुक्तान गर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ