एकै जिल्लाबाट दुई दिनमै ४२ जना फरार दोषी नियन्त्रणमा
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
768
Shares
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दुई दिनमा ४२ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ। जिल्ला अदालत चितवनबाट सजाय तोकिएका दोषीलाई माघ ८ र ९ गते चितवनका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा पर्नेमा लागुऔषध, सवारी ज्यान मुद्दा, चेक बाउन्स, कतव्य ज्यान मुद्दा लगायतका अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिए।
भण्डारीका अनुसार उनीहरुबाट ३० बर्ष ९ महिना २५ दिन कैद र ५ लाख २२ हजार रुपैयाँ जरिबाना भुक्तान गर्न बाँकी छ ।