arrow

बुहारी मारेको आरोपमा सासू पक्राउ, श्रीमान् र ससुरा फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
crime-final-everytime-use.jpg
तस्बिर – फाइल ।

सर्लाही । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ। बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो । 

पूजादेवी आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतकको शरीरमा चोटपटक रहेको छ।

प्रहरीले मृतक पूजादेवीकी सासू बनारसी देवी सहनीलाई नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान थालेको छ। 

घटनापछि मृतकका श्रीमान् छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएकव छ। 

पूजादेवी मङ्गलबार बेलुका नै मृत अवस्थामा फेला परेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ