arrow

एकै दिन आठ समितिको बैठक

प्रतिनिधि र राष्ट्रिय सभा अन्तर्गतका चार-चार समिति बैठकमा बस्दै

यी हुन् छलफलका बिषय

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज एकै दिन आठ वटा संसदीय समितिको बैठक बस्दै छ । आज प्रतिनिधि सभा अन्तर्गतका चार वटा र राष्ट्रिय सभा अन्तर्गतका चार वटा समितिको बैठक बस्न लागेको हो । 

आज बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा झापा, सुनसरी र मोरङमा गरिएको अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० (मस्यौदा माथि) पेश तथा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको आ.व २०७९-८० को वार्षिक प्रतिवेदन माथि छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ । 

बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ । 

राष्ट्रिय सभा अन्तर्गतको समितिहरूमा बिहान ११ बजे दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा नागढुंगा सुरुङमार्ग निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा स्थानीय तहको कानून निर्माण प्रक्रियाको अध्ययनको मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । 

त्यस्तै बिहान १० बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित प्रत्यायोजित विधायन र सरकारी आश्वासन कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ ।

 दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सोर्हौ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूका सम्बन्धमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ