arrow

विवादित पाण्डेयले लिँदै संसदको महासचिवमा शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
padhmaprasad-pandey-parliament.jpg

काठमाडौँ । बहुनागरिकता र बहुपासपोर्टधारी पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव बन्न सफल भएका छन् । तीन ओटा नागरिकता र दुई ओटा पासपोर्ट बनाएका पाण्डेयलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार महासचिवमा नियुक्त गरेका हुन् । उनले बुधबार बिहान १०ः१५ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शपथ लिने तय भएको छ । 

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको दबाबमा राष्ट्रपति पौडेलले महासचिवमा नियुक्त गरेका हुन् । 

मंगलबार राष्ट्रपति पौडेलले पाण्डेयले सचिवबाट दिएको राजीनामा स्वीकृत गरेको केही समयपछि नै महासचिवमा नियुक्त गरेका थिए । राष्ट्रपति पाण्डेयका विवादित नागरिकता र पासपोर्टका घटनाबारे जानकार भए पनि सभामुख र राष्ट्रिय सभा अध्यक्षको दबाबमा आएर महासचिवमा नियुक्त गरेका हुन् ।

उनका तीन ओटा नागरिकताको विवाद संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन गरिरहँदा छानबिन पूरा नहुँदै राष्ट्रपतिले पाण्डेयलाई नियुक्ति दिएका हुन् । जबकि पहिले राष्ट्रपति कार्यालयले नै नियुक्ति रोकेर राखेको थियो । 

सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना तिनै विवादित पाण्डेयलाई नियुक्ति गर्नैपर्ने अडान लिएर मिडियाबाजी गरिरहेका थिए । 

पाण्डेयले २०४६ सालमा बनाएको नागरिकतामा जन्ममिति २०२६ साल असोज १५ गते, २०६६ सालमा बनाएको नागरिकतामा जन्ममिति २०३२ साल पुस २६ गते छ भने २०७६ सालमा उनले लिएका दुवै नागरिकता रद्ध गरी तेस्रो नागरिकता लिएका थिए ।  

यो छानबिनको क्रम भने संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले नरोक्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ