arrow

बन्द गरिएका १९ विद्यालय एकीकरण

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
school-new-p.jpg.jpeg

तनहुँ। जिल्ला शिक्षा कार्यालयले बन्द गरिएका १९ सामुदायिक विद्यालयलाई एकीकृत गरेको छ । विद्यार्थी सङ्ख्या १० भन्दा कमी भएका विद्यालयलाई नजिकको क्षेत्रमा पर्ने विद्यार्थी हिँडेर २० मिनेटमा पुग्न सक्ने विद्यालयमा एकीकृत गरिएको कार्यालयले जनाएको छ ।

जिल्लाका केही विद्यालयले विद्यालयको अभिलेखमा विद्यार्थी सङ्ख्या बढाएर राख्ने र अनुगमनमा गएका टोलीलाई  विद्यार्थी कम आए भन्दै छलछाम गर्ने गरेको एक स्रोतबाट खुलेको भएको छ । ‘केही विद्यालयका शिक्षकले कागजमा विद्यार्थी सङ्ख्या बढाएर राख्छन् र विद्यार्थीको विद्यालयमा उपस्थिति न्यून हुँदा  हुँदै पनि कार्यालयको आँखामा छारो हालेर जागिरमा टिक्दै आएका छन्– स्रोतले  भन्यो ।

बन्द गरिएका विद्यालयको चलअचल सम्पत्ति तथा अन्य कागजात गाभिएका विद्यालयमा रहने गरी व्यवस्था मिलाइएको सहायक जिशिअ सूर्यप्रसाद क्षेत्रीले बताए । विद्यालय एकीकृत गरिएपछि दरबन्दी कम भएका र विद्यार्थी सङ्ख्या अन्यत्रभन्दा बढी भएका विद्यालयमा शिक्षकलाई पठाइएको उनले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ