arrow

सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्छ : अध्यक्ष ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
kp-oli-2080-08-17.jpg
फाइल तस्बिर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् ।

मानवअधिकार रक्षकको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले पीडितलाई न्याय दिने गरी चाँडो सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्ने बताए ।  

सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगले निर्देश गरेअनुसार सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो ।

आफू प्रधानमन्त्री हुँदा नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले उक्त विधेयक शीघ्र टुङ्ग्याउन आग्रह गरेको बताए । 

आफ्नो पार्टी  मानव अधिकार संरक्षणको पक्षमा रहेको भन्दै अध्यक्ष ओलीले भने, “एमालेले मानव अधिकार उल्लङ्घन गर्दैन र त्यसको उल्लङ्घनकर्तालाई संरक्षण गर्दैन ।” 

उनले अनर्गल कुरा गरेर, सम्प्रादायिक र आपसी विद्वेष फैलाएर मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने कुरा स्वीकार्य नहुने दोहोर्याए । 

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सङ्क्रमणकालीन न्याय गम्भीर विषय भएकाले राजनीतिक लेनदेनको मुद्दा बनाउन नहुनेमा जोड दिए । उनले सङ्क्रमणकालीन न्याय निरुपणमा पीडित पक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । 

“सङ्क्रमणकालीन न्यायसम्बन्धी सर्वोच्च अदालतले केही आदेश दिएको छ । मानवअधिकारको आधारभूत कुरालाई हामीले स्वीकार गर्नुपर्ने छ”, उनले भने, “पीडितलाई मर्का पर्ने खालको कानुन कुनै पनि हालतमा बनाउनुहुन्न । सङ्क्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्दछ भन्ने कुरामा दुई मत छैन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ