arrow

आफ्नै नेतामाथि कड्किए केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
kp-sharma-oli-2080-11-08.jpg

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । सोही क्रममा बैठकमा सहभागी सदस्यको मोबाइल बजेपछि अध्यक्ष ओलीले अनुशासनको पालना गर्न निर्देशन दिएका छन् । 

बैठकमा मोबाइल स्वीचअफ गर्न आफूले भनेको भन्दै उनले यसलाई बेवास्ता नगर्न र अनुशासनको पालना गर्न भनेका हुन् । ‘मैले साथीहरुलाई मोबाइल स्वीचअफमा राख्न आग्रह गरेको छु । किन, एकछिन मोबाइल नहुँदा केही हुन्छ र ? मसँग मोबाइल छैन त भएको छ त, चलेको छ त,’ ओलीले कडा स्वरमा भने, ‘कराउन दिने हो, मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि । अलिकति बैठकमा अनुशासन राखौँ न हो ।’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ