arrow

न्वागी मेला शूरु नहुदै व्यापार र व्यवससायको चहलपहल बढ्यो

logo
कौरव खत्री,
प्रकाशित २०७३ मंसिर २ बिहिबार
Gulmi-hamrakura.jpg.jpeg
 गुल्मी ।गुल्मी र बाग्लुङ्ग अन्तर्गत  पौदीबासीहरुको न्वागी पर्वसँगै खार बजारमा लाग्ने न्वागी मेला सञ्चालन हुन एक दिन बाकी हुदा विभिन्न व्यापार र व्यवसाय गर्ने व्यापारीहरुको चहलपहल  बढेको छ ।
 
बाग्लुङ्ग जिल्लाको ग्वालिचौर गाविसको खारबजारमा ४ दिनसम्म सञ्चालन हुने  मेलामा सामान्य फलफूल पसल देखि लिएर ठूला होटल व्यवसाय र झुला पिङ्ग लगायत गरि झण्डै साना र ठूला व्यापारको  ७० वटा स्टलहरु बुकिङ गरेको मेला  समितिका कोषाध्यक्ष प्रदिप खरेलले जानकारी दिए ।पश्चिमाञ्चल क्षेत्रकै प्रसिद्ध मेलाको रुपमा परिचित न्वागी मेलालाई एउटा व्यापारिक केन्द्रको रुपमा पनि लिने गरिन्छ । मेलालाई मधयनजर गरि विभिन्न स्थानहरुबाट आफ्नो व्यापार लिएर खार बजारमा व्यापारीहरु आउने क्रम जारी रहेको छ ।
 
विशेष गरि मेलामा बढि मात्रमा फलफुल,होटल व्यवसाय,फेन्सी कपडा पसल तथा स्थानीय रुपमा उत्पादित कृषि उपज लगायतको कारोबार राम्रो हुने  गर्दछ । यसपालीको मेलामा १ करोड भन्दा माथिको आर्थिक कारोबार हुने अनुमान गरिएको मेला समितिका कोषाध्यक्ष खरेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ