arrow

ग्रामिण इलाकामा यातायात सञ्चालन हुँदा स्थानीयवासी हर्षित

logo
कौरव खत्री,
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
gadigulmi.jpeg
गुल्मी ।  गुल्मीको सदरमुकाम तम्घास देखि मध्यपहाडी लोकमार्ग अन्तर्गत बाग्लुङ्गको खर्बाङ्गसम्मको लागि नियमित रुपमा दैनिक जीप सञ्चालन भएको छ । सदरमुकाम तम्घासबाट बडागाँउ हुँदै मुसिकोटको रातचौर, अमिले, ढाव हुँदै बाग्लुङ्गको खर्बाङ्गसम्म करिब ३९ किलोमिटर  रहेको मोटर बाटोमा पहिलो पटक दैनिक एउटा जीप सञ्चालन भएको छ । 
 
गुल्मी यातायात व्यवसायी संघले उक्त स्थानको मोटरबाटोको अनुगमन तथा निरिक्षण गरे पश्चात् गुल्मी यातायात व्यवसायी संघले दैनिक रुपमा  एउटा जीप सञ्चालन गरेको कार्यालयका प्रमुख डोल बहादुर कुँवरले जानकारी दिए ।
 
साथै ग्रामिण इलाकाको कच्चि बाटोमा नियमित जीप सञ्चालन भएपछि गुल्मी तथा बाग्लुङ्गका झण्डै एक दर्जन भन्दा बढि गाविसमा बसोवास गर्ने मानिसलाई दैनिक सदरमुकाममा रहेका सरकारी कामकाज गर्न तथा गन्तव्यसम्म यात्रा गर्न यो मोटरबाटोले सहयोग पुर्याएको छ । 
 
यातायात सञ्चालन भएपछि गाँउघरमा उत्पादित कृषि उपज तथा वस्तुहरुले  उचित बजार पाउने तथा बिक्री वितरणमा समेत सहजता थपेपछि र घर आँगनबाटै गाडीमा यात्रा गर्न पाउँदा  स्थानीयबासिन्दाहरु निकै हर्षित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ