arrow

राजनीतिक उतारचढावबीच सुदूरपश्चिममा थपिए तीन मन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २६ शनिबार
kamal-bahadur-shah-chief-minister-far-western-province.jpg
तस्बिर – फाइल ।

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

मुख्यमन्त्री शाहले हाल सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय आफू मातहत राखेका छन् भने प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा पाएका छन् ।  

साथै शिवराज भट्टले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालय, र रामेश्वर चौधरीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मा पाएका छन् । साथै खुशीराम चौधरी विना विभागीय र इन्दिरा गिरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री भएकी छिन् ।

प्रदेश प्रमुखको कार्यालय धनगढीमा प्रदेश प्रमुख जोशीले नवनियुक्त आर्थिक मामिलामन्त्री घनश्याम चौधरी, विनाविभागीयमन्त्री खुशीराम चौधरी र भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा गिरीलाई लाई पद तथा गोपनीयताको शपथ गराए । 

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहले सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने थप सदस्यलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

प्रदेश प्रमुखको कार्यालयमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्रीले आफ्नो नेतृत्वको सरकारलाई बहुमत सिद्ध गर्न प्रदेशसभामा रहेका सबै दलसँग संवाद छलफल गरिरहेको बताए ।

कूल ५३ सदस्यीय प्रदेशमा नेपाली कांग्रेसका १८, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सभामुखसहित ११, नेपाल कम्युनिष्ट पार्टी एमालेका १०, नागरिक उन्मुक्तिका सात, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । 

नेपाली कांग्रेसबाट बझाङ जिल्ला प्रदेशसभामा निर्वाचित पृथ्वीबबहादुर सिंहको केही महिनाअघि गाडी दुर्घटनामा निधन भएपछि प्रदेश सभाको एक स्थान रिक्त छ । उक्त रिक्त स्थानमा आगामी बैशाख १५ गते उपनिर्वाचन हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ