arrow

मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने कुरा सही होइन- ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २६ शनिबार
kp-oli-11-26.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने कुरा सही नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उनले सो कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिए । 

शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरू रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो ? भनि प्रश्न समेत गरे । उनले ३३ प्रतिशत महिलाहरू संसद र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको दृष्टान्त पेश गर्दै अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको तर्क गरे । 

ओलीले जनताको अवस्थालाई पूर्ण रूपमा राम्रो बनाउने गरी काम गर्नुपर्ने जिम्मेवारी पनि आफूहरूको काँधमा रहेको बताए ।

उनले भने, ‘एउटा अलि चर्चा चल्ने गरेको छ कि व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने कुरा होइन । त्यस्तो हल्ला चल्ने गरेको छ । तर, अवस्थामा परिवर्तन आएको छ । अलि वर्ष अघिसम्म के थियो अवस्था ? अगाडि बढेको बहिनीहरू उहाँहरू मन्त्री भइसक्नु भएको छ । माननीय भइसक्नु भएको छ । नेता भइसक्नुभएको छ । पहिले पनि त्यस्तै थियो र समय ? व्यवस्था परिवर्तन भयो, अरुथोक केही भएन ? आज ४० प्रतिशत महिलाहरू सम्पूर्ण जनप्रतिनिधिमा ४० प्रतिशत महिलाहरू जनप्रतिनिधि छन् विभिन्न ठाउँहरूमा । महिला दिदीबहिनीहरूको भूमिका छ । ३३ प्रतिशत सरकारी क्षेत्रमा व्यापक कार्यान्वयन गरिएको छ । संसद्मा कार्यान्वयन गरिएको छ । अरू ठाउँहरूमा, जागिरहरूमा आरक्षण गरिएको छ । यसमा कतिपय कुराहरू झन्डै झन्डै ३३ प्रतिशत महिलाहरू भनेपछि ठ्याक्कै त्यसैमा रोकिदिने खालको बनेको छ । अहिले नै पनि हामीले संसद्मा ३० प्रतिशत भनेपछि ३० प्रतिशत भनेपछि अर्कोको कताकति प्रतिशत भनेर जानुपर्ने र त्यसबाट भयो भने त ठिकै छ । तर त्यहाँ महिलाको छुट्टै छ । समानुपातिकमा पनि आरक्षण गर्दा यसमा महिला, पुरुष भनेर तोकितोकी गरिएको छ । जसले गर्दा कम्तीमा यति महिला भन्दा हुन्थ्यो, ठ्याक्कै त्यति भन्दा त्यो भन्दा बढी बढाउने ठाउँ हुँदैन । त्यस्तो खालको बनेको छ । यो हामीले गरेको कुरा होइन, यसलाई सच्याउनु पर्छ । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ