arrow

संरक्षणका लागि आरक्षले ल्यायो पञ्चवर्षीय योजना

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
ktwr.jpeg
इनरुवा । कोसीटप्पु वन्यजन्तु आरक्षले विभिन्न किसिमका दुर्लभ जङ्गली जनावर र वनस्पतिलाई संरक्षण गर्ने उद्देश्यले आफ्नो पञ्चवर्षीय कार्ययोजना तर्जुमा निर्माण गरेको छ । 
 
सुनसरी सदरमुकाम इनरुवामा सरोकार भएकाहरुको सहभागितामा शुक्रबार सो कार्ययोजना बनाइएको हो । आरक्षले आरक्ष र मध्यवर्ती क्षेत्र व्यवस्थापनका लागि पञ्चवर्षीय कार्ययोजना (२०१७–२०२१) निर्माण गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए। 
 
कार्ययोजनामा पर्यावरण, वन, वन्यजन्तु र चराचुरुङ्गीको स्थितिको संरक्षण र अध्ययनसहित स्थानीयवासीको जीवनस्तर उकास्नका लागि कार्यक्रम समावेश गरिएको छ । 
 
 
आरक्षमा विश्वकै दुर्लभ मानिएको अर्ना, विभिन्न प्रजातिका चरा, हात्ती, वनजगङ्ल र वनस्पति छन् । पञ्चवर्षीय योजना सञ्चालन गरी अर्ना, डल्फिन, चरा, हात्तीको संरक्षण र मानव तथा वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्ने कार्यक्रम पनि रहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ