arrow

महासंघको ‘स्वर्ण जयन्ती’ मूल समारोह समिति गठनमै सीमित !

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
Fncci_50-Years.jpeg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ गत चैतदेखि ५० वर्षमा प्रवेश गरेको छ । २०२२ सालदेखि आर्थिक क्षेत्रको अनवरत रुपमा ५ दशकको ऐतिहासिक अनुभव बटुल्दै आएको र १७ जना अध्यक्षको अनुभव सँगालेको संस्थासँग ५० औं वर्षगाँठमा सरकारले पनि केही अपेक्षा राखेको हुन्छ ।

आर्थिक सुदृढीकरण, राजश्व चुहावट रोक्ने उपाय, अन्तराष्ट्रिय लगानी भित्र्याउन विभिन्न कार्यशाला, गोष्ठी, आर्थिक क्षेत्रका विभिन्न मुलुकका जानकार तथा नेपालमा नै लामो समय आर्थिक क्षेत्रको गतिविधि नियालिरहेका व्यक्तिहरु र सम्बन्धित सरकारी निकायका व्यक्तिहरुबीच छलफल वा यस्तै अरु जे जस्तो सुकै कार्यक्रम होस् ।  निजीक्षेत्रबाट कुनै न कुनै कार्यक्रमको आशा सरकारले पक्कै पनि गरेको हुन्छ ।

नेपालमा मात्रै होईन कि विश्वका जुनसुकै मुलुकमा पनि निजी क्षेत्रलाई सरकारले दिएको सुविधाबापत सरकारलाई कर तिर्नु मात्रै होईन । सरकारलाई हरेक विकासका कामहरुमा सहयोग गर्नु पनि निजी क्षेत्रको कर्तव्य भित्र पर्दछ । अझ नेपाल जस्तो विकाशोन्मुख मुलुकमा त यसको महत्व झनै बढी हुने गरेको छ । तर, महासंघ निष्कृय भईदिँदा भने अहिलेको जस्तै कर सहजीकरण जस्ता आफूलाई समस्या पर्ने बाहेकका काममा आफ्नो उपस्थिती नै नदेखाउने प्रवृत्ति हाबी भएको छ । जुन महासंघ र समग्र सरकारको लागि समेत चिन्ताको विषय हो ।

तर, आर्थिक क्षेत्रको सबैभन्दा ठूलो संस्था भएर पनि महासंघ यति मौन र अल्छि बनिरहेको छ कि आफ्नो ऐतिहासिक स्वर्ण महोत्सव पनि उनले परम्पराबादी ढर्राबाट नै गुजार्न लागिरहेको छ । यतिसम्म कि ५० वर्षमा प्रवेश गरेको ८ महिनासम्म पनि स्वर्ण जयन्ती विशेष भनेर एउटा सामान्य औपचारिक कार्यक्रमसम्म पनि हुन सकेको छैन । यसबाट पनि स्पष्ट हुन्छ कि अहिले महासंघ कतिको सक्रियताका साथ काम गरिरहेको छ भन्ने । 

त्यसो त यो बाहिरबाट देख्नेहरुको लागि मात्रै होईन कि मूल समारोह समिति भनेर गठन गरिएको समितिका सदस्य स्वयं नै आफूहरुले केही काम गर्न नसकेको भनेर आफ्नै कमजोरी पर्दाफास गर्छन् । ‘नेतृत्वले केही पनि चासो नै दिँदैन । हामी सानो पदमा बसेको मान्छे ले के गर्नु ?’ एक सदस्यले हाम्राकुरासँग भने ‘कसैले नझक्झक्याउने हो भने महासंघ ५१ वर्षमा प्रवेश गरेपनि जाग्नेवाला छैन ।’

उता, महासंघको नेतृत्वलाई स्वर्ण महोत्सवको हेक्का नै नभएको पनि होईन । ५० औं वर्ष गाँठ मनाईरहँदा महासंघ र मुलुककोलागि केही दिनुपर्छ भन्ने बुझेर नै ५० वर्षमा प्रवेश गरेको केही समय पछि महासंघको कार्यसमिति बैठकले स्वर्ण जयन्तीको एक वर्षभरी नै विविध कार्यक्रमहरु मनाउने गरी एउटा मूल समारोह समितिको पनि गठन गर्‍याे ।

त्यसको संयोजक बसे अहिलेका अध्यक्ष पशुपति मुरारका । यसले आफू मामातत रहेका विभिन्न सदस्यहरुलाई परिचालन गरेर अविस्मरणीय बनाउनु पर्ने महासंघले कुनैपनि कार्यक्रम नगर्नुले महासंघ आफैंमा लज्जाको पात्र बनेको छ ।

यसले एक वर्ष भरी नै मुलुक र महासंघ आफै भित्र पनि पछिसम्मको लागि सम्झन लायक कामगर्ने लक्ष्य लिएको महासंघका एक सदस्यले जानकारी दिए । तर, विडम्बना नै भन्नु पर्छ अहिले सो समिति गठन भएको आठ महिना पुगिसकेको छ । तर यतिका समयसम्म पनि महासंघको मूल समारोह समितिले ५० औं वर्षगाँठ विशेष कुनैपनि कार्यक्रम आयोजना गर्न नसकेको ती सदस्यले जानकारी दिए ।

समितिमा कार्यसमिति सदस्यहरु, विभिन्न जिल्ला स्थित उद्योग वाणिज्य संघका अध्यक्षहरु, बस्तुगत संघका अध्यक्षहरु एवं एशोसिएट्स सदस्यहरु पनि रहेका छन् । तर, गठन गरिए पनि यसले केही तात्विक उपलब्धी हाँसिल गर्न नसकेको आरोप त्यही भित्रका सदस्यहरुले लगाउने गरेका छन् ।

समितिका एक सदस्यले भने ‘चैतमा साधारण सभा सकिएपछिको पहिलो हो कि दोस्रो कार्यसमितिको बैठकबाट यो समिति गठन त भएको हो । तर ६ महिनासम्म पनि कुनै कामगर्न सकेको छैन ।’ ती सदस्यले थपे ‘चिया गफमा कहिलेकाँही कुरा चल्दा विधान निर्माणको कुरा गरेर पन्छिन खोज्छन् । तर, हेर्नुस् यो विधान अहिलेको नेतृत्वको मात्रै पहलमा भएको कसैले पनि दाबी गर्न सक्दैन ।

यो त ८ वर्षदेखिको प्रयासबाट भएको काम हो ।’ उक्त्र मूल समारोह समितिको गठन गत जेठ ३० गतेको कार्यसमित बैठकबाट भएको थियो । 

अर्का एक सदस्यसँग यस विषयमा कुरा गर्दा उनले भने ‘नेतृत्वले पहल गरेको भए पो राम्रो कामगर्न सक्छ त समितिले । नेतृत्वका व्यक्तिहरु सधै आफ्नै काममा व्यस्त, महासंघकोबारेमा चिन्ता लिने कसले <’ तर कामै नभएको भन्ने कुरामा भने उनले असहमति जनाउँदै विशेषगरी अन्तिम समयतिरकोलागि धेरै कार्यक्रमहरु राखिएकोले अहिलेसम्म केही पनि देखिने कामगर्न नसकिएको बताए ।

समितिले अहिले केही कामहरु पाईपलाईनमा राखेको जनाएको छ । तर, कस्ता कामहरु पाईपलाईनमा राखिएको छ भन्ने प्रश्नमा भने समितिका सदस्यहरु मौन रहने गरेका छन् ।

बरू ५० औं वर्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ र बस्तुगत संघहरुले भने आ–आफ्नै पहलमा विविध कार्यक्रमहरु गरिरहेका छन् । बस्तुगत संघले आफ्नै पहलमा ‘इमेज’ नामक डायरेक्ट्री निकालेको छ । यसले बस्तुगत संघका सदस्यहरुलाई एउटै पुस्तकमा जोड्न सफल भएको छ । तर, मूल समारोह समिति समेत गठन गरेर कार्यक्रमहरु गर्ने लक्ष्य लिएको महासंघको केन्द्रीय नेतृत्व भने सुतेको विरालो जस्तो मौन छ । 

जसले गर्दा महासंघमा पूर्खाहरुले गरेको योगदान र राज्यले महासंघबाट राखेको अपेक्षा भने अपेक्षामा मात्रै सीमित हुने गरेको छ । महासंघले अबको चार महिनाको लागि पाईपलाईनमा राखेको भनेका कामहरुबाट अहिलेको नेतृत्वले महासंघको शाख जोगाउने गरी काम गरोस् भन्नेमा धेरै सदस्यहरुको चाहाना रहेको छ । तर, महास‌ंघका पदाधिकारी तथा सदस्यहरुमा भने चुनावी माहोल चुलिँदै गएको छ ।

यस्तो अवस्थामा उनीहरु चुनावको माहोल छाडेर अहिलेसम्म नगरेका काम गर्न तर्पः लाग्लान् भन्नेमा सदस्यहरु सशंकित छन् ।  यदी अबपनि महासंघले केही विशेष काम गर्न सकेन भने महासंघमा रहेको नेतृत्वको कारण वर्षौदेखि उच्च सम्मान पाउँदै आएको महासंघको गरिमा कम गराउन नहुने सदस्यहरुको माग रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ