- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । मोरङको प्रस्तावित सुनवर्सी नगरपालिकाको भवन निमार्णका लागि एक परिवारले झण्डै तीन करोड रुपैँयाको जग्गा निःशुल्क दिने घोषणा गरेका छन् । डायनिया–९ का महताव आलम र उनका परिवारले सोही वडाको डेढ विघा जग्गा दिने घोषणा गरेको डायनिया गाविसका सचिव पद्म विनोद घिमिरेले जानकारी दिए ।
डायनिया–अमरदह सडकमा पर्ने सो जग्गामा प्रस्तावित नगरपालिका निमार्णका लागि प्रदान गरेको जग्गाको सीमाना समेत किटान गरिएको सचिव घिमिरेले बताए । सचिव घिमिरेकै पहलमा महताव आलमले जग्गा प्रदान गरेको बताइएको छ । नगरपालिका घोषण भए लगत्तै नगरपालिकाको नाममा जग्गा पास हुने गाविसले जनाएको छ ।
अमरदह, गोविन्दपुर, वर्डगा तथा डायनिया गाविसलाई समायोजन गरेर स्थायीन पुनःसंरचना सहयोग समितिले सुनवर्सी नगरपालिका प्रस्तावित गरेको छ । पुनःसंरचनका विषयमा टुंगो लागेपछि अहिलेको डायनिया गाविसको भवनमा वडा समिति राखिने सचिव घिमिरेले बताए ।