arrow

संसद बैठक दिउँसो २ः१३ बजे १५ मिनेटका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै संसद अवरुद्ध गरेपछि दिउँसो २ः१३ बजे सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् । 

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसदहरुले  सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउँदै संसद अवरुद्ध गरेका हुन् । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रमुख प्रतिपक्ष संसदमा उभिएपछि बैठक अवरुद्ध हुने भन्दै प्रमुख प्रतिपक्ष उभिएपछि भाषणबाजी गरेर नौलो काम भएको बताए । 

उनले कुनै पनि मन्त्री छानबिनको घेरामा रहेको भए सरकारमा बसिरहनुको औचित्व नहुने नजिर यसअघिकै संसदमा प्रधानमन्त्रीले भनिसकेको भन्दै अब फेरि त्यसलाई दोहोर्याउनु गलत भएको बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमै आरोप लागेकालाई मन्त्री नबनाउने भनेपछि यसलाई पालना नगर्दा फेरि प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्रीको अपमान गरेको ठहर्ने पनि लेखकले बताए । 

उनले प्रधानमन्त्रीले आफूले भनेको कुरा पालना गर्ने कि प्रतिपक्षलाई वेलमै बोलाएको हो ? भन्दै प्रश्न गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ