arrow

न्वागी मेलाका प्रमुख आर्कषण अम्वा

logo
कौरव खत्री,
प्रकाशित २०७३ मंसिर ५ आइतबार
aambas.jpeg
 गुल्मी । गुल्मी र बाग्लुङ्गको सिमानामा रहेका खारबजारमा पौदीबासीहरुको न्वागी पर्वसँगै  लागेको मेलामा अम्वा बेलाउती प्रमुख आर्कषण बनेको छ ।
 
मेलाको कृषि मेला प्रर्दशनीमा राखिएको अम्वा बेलाउती ठूलो भएको यो सिजनमा अम्बा मेला हेर्न आउने दर्शकहरुको अबलोकन थपेको छ । 
यस्तै बाग्लुङ्ग ग्वालिचौर ४ निवासी कृषक कामदेव खरेलले कृषि मेला प्रर्दशनीमा आफ्नो घरमा उत्पादित फलफूल मध्येको अम्बा मेला प्रर्दशनी ल्याइएको जानकारी दिए ।
 
साथै खरेलले भने  मेलामा अम्बाको पचार– प्रसार पनि हुने  र साना फलफूलबाट पनि राम्रो आन्दानी गर्न सकिन्छ भन्ने अम्बा बनेको छ । उनले अम्बाको राम्रो माग भएको आफूले घरमा व्यवसायको रुपमा अम्बा खेती गरेको र अहिलेको सिजनबाट मात्र आफूले अम्बा बेलाउतीबाटै झण्डै २५ हजार आम्दानी गरेको बताए ।
 
 साथै यस क्षेत्रका उत्पादनहरुको प्रबद्र्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले कृषि मेला प्रदर्शनी मार्फत कृषकहरुले उत्पादन गरेका नगदे, हिउदे, खाद्यान्न, बेमौसमी लगायतका कृषिप्रदर्शनीले किसानहरुलाई प्रोत्साहन र सम्मान हुने पौदी न्वागी मेला ब्यवस्थापन समितिका सचिव बिष्णु प्रसाद आचार्यले जानकारी दिए।
 
पछिल्लो समयमा आएर न्वागीको साँस्कृतिक पर्वसँगै लाग्ने मेला एउटा व्यापारिक केन्द्रको रुपमा विकसित हुदै गएको छ ।घरमा नयाँ अन्न भित्र्याएको खुशीयालीको स्वरुप पौदीबासीहरुले आफ्नो स्थानीय महान पर्वका रुपमा न्वागी मनाउने गर्दछन् ।न्वागीमा स्थानीय जडन जातको धानको चामल,तिल,सिलाम,केरा,दही चिनी आदिको समिश्रणबाट तयार बनाएर  न्वागी खाने प्रचलन रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ