arrow

नेपालगञ्जबाट ५० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० चैत ७ बुधबार
banke-district-police.jpg
तस्बिर – फाइल ।

नेपालगञ्ज । जिल्ला प्रहरी बाँकेको टोलीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । भारतको रुपइडिहाबाट नेपालगञ्ज ल्याउँदै गरेको अवस्थामा अन्दाजी ५० ग्राम ब्राउन सुगरसहित  (प्लास्टिकसहित) बाँके प्रहरीको टोलीले दुई जनालाई पक्राउ गरेको हो।

ब्राउन सुगरसहित पक्राउ पर्नेमा भारतको बहराइच बस्ने सलिम सा र तुलसीपुर(३ का वीर बहादुर बिक रहेका छन् ।

विशेष सूचनाका आधारमा उनीहरुलाई पिछा गर्दै जाँदा प्रहरीले आज बिहान ९ बजे  नेपालगञ्ज १० को कार्यालय अगाडिबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्ने भारतका सलिम डिलर र बिक खरिदकर्ता रहेको पाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ