arrow

व्यक्तिगत सुरक्षा तथा आगलागी नियन्त्रण सचेतना [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
fire-awareness-safety-(16).jpg

काठमाडौँ । विपद् व्यवस्थापन सम्बन्धी जनचेतनामुलक कार्यक्रम अन्तर्गत बिहीबार कोटेश्वरको हिमालय कलेजमा व्यक्तिगत सुरक्षा तथा आगलागी नियन्त्रणका लागि अग्नि शामक यन्त्रको प्रयोगबारे सचेतना कार्यक्रम गरिएको छ । 

नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयबाट प्रहरी सहायक निरीक्षक बसन्त शाहीको कमाण्डमा ६ जना विपद् उद्धारकर्मीहरुले आगो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम गरेका छन् । 

यो कार्यक्रम अन्तर्गत अहिलेसम्म ५० भन्दा बढी विद्यालय, कलेज, होटललगायत संघसंस्थाहरुमा आगो नियन्त्रण सचेतना कार्यक्रम गरिएको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यलय सामाखुशीले जनाएको छ । 

कार्यक्रममा आगलागीका वर्गीकरण सम्बन्धी, ज्वलनशील ठोस पदार्थ, तरल पदार्थ, ज्वलनशील ग्याँसहरु बारेमा सचेतना दिइएको थियो । 

आगलागी घटना हुँदा ध्यान दिनुपर्ने प्राथमिक उपायहरुबारे जानकारी दिइएको थियो । सुख्खायाम शुरु भएसगै बढ्दो आगलागीका घटनालाई मध्यनजर गर्दै बैशाखसम्म यस्ता किसिको सचेतना कार्यक्रम आयोजना गरिने विपद् व्यवस्थापन कार्यालय सामाखुशीले जनाएको छ।

fire-awareness-safety (1).jpeg
fire-awareness-safety (2).jpeg
fire-awareness-safety (3).jpeg
fire-awareness-safety (4).jpeg
fire-awareness-safety (5).jpeg
fire-awareness-safety (6).jpeg
fire-awareness-safety (7).jpeg
fire-awareness-safety (8).jpeg
fire-awareness-safety (9).jpeg
fire-awareness-safety (10).jpeg
fire-awareness-safety (11).jpeg
fire-awareness-safety (12).jpeg
fire-awareness-safety (13).jpeg
fire-awareness-safety (14).jpeg
fire-awareness-safety (15).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ