arrow

सरकारले प्रतिबन्ध लगाएको क्रिप्टोकरेन्सी ल्याउन बाटो खोल्दै, बाफिया विधेयक संसदमा दर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
cryptocurrency.jpg

काठमाडौँ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन विधेयक संसदमा पुगेको छ । बिहीबार अर्थमन्त्री वर्षमान पुनले उक्त संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएका हुन् । 

राष्ट्र बैंकले तयार गराएर पठाएको मस्यौदामा कानून मन्त्रालयको समेत सहमति लिइ अर्थले उक्त विधेयक मन्त्रिपरिषद्बाट पारित गरेर संसदमा दर्ता गरेको हो । 

उक्त विधेयका नेपालमा पनि क्रिप्टोकरेन्सी जारी गर्न पाउने व्यवस्था गर्न लागिएको छ । उक्त विधेयक पारित भएसँगै नेपालमा डिजिटल बैंकले लाइसेन्स पाउनेछ । त्यस्तो बैंकले डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) समेत जारी गर्न पाउनेछ । 

अहिले बैंक तथा वित्तीय संस्थाले गर्ने कारोबार शतप्रतिशत नगदमा आधारित छ । क्रिप्टोकरेन्सीले नगद सुरक्षणरहित नगद कारोबारको बाटो खुला गर्नेछ । 

विधेयकमा अनलाइनमार्फत् गरिएका बचत, लिइएको ऋण लगायतलाई समेत भौतिक रुपमा लिइएको ऋण बराबर मान्यता दिने व्यवस्था छ । यसले ऋण कारोबारमा बैंकमा गएर ल्याप्चे लगाउनुपर्ने व्यवस्थालाई कानूनी रुपमै अन्त्य गर्नेछ । 

अहिले नेपालीहरुलाई क्रिप्टोकरेन्सीको लगायत डिजिटल मुद्राको माइनिङ र खरिदबिक्रीमासमेत प्रतिबन्ध लगाइएको छ । डिजिटल बैंकको अवधारणा शुरु भएसँगै यस्तो माइनिङ र कारोबार वैधानिक बन्ने देखिएको छ । 

संशोधन विधेयकमा यस बाहेक पनि दर्जनौँ संशोधन रहेका छन् । उक्त संशोधनमा बैंक तथा वित्तीय संस्थाले गर्ने लगानी, धितो, सञ्चालक तथा प्रमुख कार्यकारीको योग्यता, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था लगायत विषयमा संशोधन प्रस्ताव गरिएका छन् ।
 



लोकप्रिय समाचार
नयाँ