arrow

क्रिप्टो र अन्य ट्रेडिङको लत छुटाउन लक्जरी रिह्याब सेन्टर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
cryptocurrency-addiction.jpg

काठमाडौं। कोभिड-१९को महामारी र बिटक्वाइन बजारको उतारचढावले डिजिटल मुद्राको ट्रेडिङका क्षेत्रमा उन्माद निम्त्याएको छ। विश्वका विभिन्न ठाउँमा लक्जरी पुनर्वास केन्द्र वा रिह्याब सेन्टरहरूको संख्या बढ्दै गएको छ।

यस विषयमा बीबीसीले प्रकाशित गरेको एक रिर्पोट अन्तर्गतका अधिकांश रिह्याब सेन्टरहरु उच्च स्तरका छन् र खाने विकार, मद्यपान, र अन्य लतहरूको हेरचाहसहित सञ्चालनमा रहेका छन्।

पछिल्लो सयम यस्ता रिह्याब सेन्टरहरुमा क्रिप्टाकरेन्सीको लत छुटाउनका लागि सोधपुछ भइरहेको बताइएको छ।

यद्यपि लत विशेषज्ञहरूले क्रिप्टोकरेन्सीको ट्रेडिंगले नै यस्तो कडाहस्तक्षेपका लागि बाध्य पारेकोमा प्रश्न गरेका छन् ।

स्ट्यानफोर्ड युनिभर्सिटीका मनोचिकित्सक प्राध्यापक र स्ट्यानफोर्ड एडिक्शन मेडिसिन डुअल डायग्नोसिस क्लिनिककी प्रमुख डा अन्ना लेम्बकेले यो एक बायोसाइकोसामाजिक रोग भएको र त्यसैले यसका लागि एक बायोसाइकोसामाजिक समाधान आवश्यक पर्ने बताएकी छिन् ।

यसमा औषधि, थेरापी, आफ्नो परिवेश र बानी परिवर्तन एवं स्वस्थ वैकल्पिक गतिविधिहरू आवश्यक पर्न सक्ने उनको भनाइ छ।

अन्य लतहरू जस्तै क्रिप्टो लतको उपचार पनि लक्षणहरू व्यवस्थापन गरेर शुरु गर्नुपर्ने उनको भनाइ छ। चिन्ता, चिडचिडापन र अनिद्रा समस्याहरु समाधानका लागि कम्तीमा चार हप्तासम्म क्रिप्टो व्यापार वा यसको अवलोकनबाट टाढा राख्नु पर्ने उनको भनाइ छ।

प्रविधिका क्षेत्रमा विश्व तीव्र रुपमा अघि बढिरहेका बेला मानिसहरुले क्रिप्टोकरेन्सीको ठूलो बजारमा पनि लगानी गरिरहेका छन्। बिटक्वैन, इथेरियमजस्ता दर्जनौं क्रिप्टोकरेन्सीहरु बजारमा छन् र यो अर्बाैं डलरको बजार बनेको छ।

तथापि अस्थिर बजार र निकै नै आलोचित यस क्षेत्रमा ट्रेडिङ गर्नेहरुलाई लत लागेर जीवन नै उतारचढावमा जाने स्थिति सिर्जना भएको छ। अन्य लत झैं क्रिप्टोको लतले पनि मानिसलाई रिह्याब सेन्टर धाउन बाध्य पार्न थालेको छ।



नयाँ