arrow

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न दुई जना नेपालगञ्जबाट पक्राउ, दैनिक एक करोडसम्मको कारोबार 

logo
सौरभ गिरी, 
प्रकाशित २०८१ वैशाख ५ बुधबार
cryptocurrency-crime-81-01-05.jpeg

बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले गैर कानूनी रुपमा मुद्रा विनिमय र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

क्रिप्टोकरेन्सी हुनेबारे गोप्य सूचना पाएको बाँके प्रहरीको खोजतलासमा नेपालगञ्ज–२० का अमृतकुमार बर्मा र बाँकेको जानकी गाउँपालिका १ का रियाज खाँलाई नेपालगञ्ज १८ स्थित भाटभटेनी नजिकबाट पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

प्रवक्ता डाँगीका अनुसार पक्राउ परेका उनीहरुले बियान्स र बिटगेट मार्फत युएसडिटिभी क्रिप्टोकरेन्सीको अवैध कारोबार गर्दै सो बापत दैनिक १ करोड रुपैयाँसम्मको अवैध कारोबार गरेको पाइएको हो।

बर्मा र खाँले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसुर गरेको देखिन आएको बाँके प्रहरीले जानकारी दिएको छ। बाँके प्रहरीले उनीहरुको ५ दिनको म्याद थप गर्दै थप अनुसन्धान अघि बढाएको प्रवक्ता डाँगीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ