arrow

 होलीमा ओलीको अनुभव

रङ छ्याप्दा मात्रै आनन्द हुँदैन, लोला र गोला फाल्ने गर्नु हुँदैन -ओली [भिडियो]

म पहिला चुनाव लड्यो, चुनावभर ठिक छ, चुनाव जितिसकेपछि बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
holi-oli.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रङ छ्याप्दा मात्रै आनन्द नहुने बताएका छन् । 

शनिबार च्यासलमा आयोजित पार्टीको होली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोला र गोला फाल्ने गर्ने नहुने त्यसले अनेक प्रकारका अप्रिय स्थिति सृजना गर्ने बताए । 

उनले भने,' रङ छ्याप्दा मात्रै आनन्द आउने छैन। लोला फाल्ने र गोला फाल्ने गर्ने हुदैछन त्यसले अनेक प्रकारका अप्रिय स्थिति सृजना गर्दछ ।' 

उनले चुनावमा धेरै अबिर लगाउँदा बिरामी पर्ने गरेको बताउँदै आफूले पछिल्ला केही निर्वाचनमा जितेपछि पनि अबिर नलगाई विजयी मनाउने गरेको बताए । 

उनले भने, ‘म पहिला चुनाव लड्यो, चुनावभर ठिक छ, चुनाव जितिसकेपछि बिरामी । उत्सव मनायो, अविरले छोप्यो । सात दिनसम्म खोक्दा पनि अबिर आउँछ, श्वास फेर्दा पनि त्यस्तै हुन्छ । स्याँक्क गर्‍यो अबिर आउँछ, अनि १०३ डिग्री ज्वरो आउँछ । साथी भाइहरूले लगाइदिन्छन्, लगाइदियो की बिरामी । त्यसैले मैले अबिर लगाउन छोडेँ । अहिले तीन चार वटा चुनाव गयो ।' 

उनले होलीले सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न, राष्ट्र एकताबद्ध बनाउने कुरामा योगदान गर्न प्रेरणा मिल्ने बताए । 

 उनले थपे 'स्वास्थ्यमा ध्यान दिएर खेल्नुहोला, आर्थिक पक्षमा ध्यान दिनुपर्छ । अनावश्यक व्ययभार पर्ने गरी खर्च नगर्नुस् । यस होलीले हामीलाई सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न, राष्ट्र एकताबद्ध बनाउने कुरामा योगदान गर्न प्रेरणा मिलोस् ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ