विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगरले विद्युत चुुहावट नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । अभियान अन्र्तगत विराटनगर केन्द्रले साउन देखि चार महिना यता विद्युत चोरी गर्ने ५१ जनालाई कारबाही गरेको छ ।
हुुकिङ गरेर मटरबाट सिंचाई गर्ने, घरमा विजुली प्रयोग गर्ने तथा मिटरको शील तोडेर बिजुली चुहावट गर्नेहरु कारबाहीमापरेको कार्यालयका सहायक निर्देशक प्रकाश खरेलले बताए ।
उनीहरुबाट २ लाख ६१ हजार जरिवाना असुल भएको समेत सह–निर्देशक खरेलले बताए । हुुकिङ गरेर विद्युत चोरी गरेर प्रयोगमा आएका पम्पसेट, मटर, फ्रिज, पंखा लगायतका सामानहरु समेत जफत गरिएको खरेलले जानकारी दिए ।
कार्यालयले प्रहरी प्रशासनको सहयोगमा हुकिङ नियन्त्रण अभियानलाई तीव्र बनाउदै लगेको छ ।