arrow

उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने विश्वास  

यसपल्ट इलाममा हामीसँग कोही प्रतिस्पर्धी छैन - ओली

माओवादीको घाँस, अर्काको कुँडो सबै खाएर निकै तागतिलो देखिएको कांग्रेसलाई त्यति बेला हामीले हराइदिएका थियौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
kp-oli-11-08.jpg

काठमाडौँ ।  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले पनि अन्तिम समयमा आएर आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् । 

नेपाली कांग्रेसलाई जिताउन नमिल्ने भन्दै उनले एमाले सत्तासाझेदार रहेको र माओवादी केन्द्रले पनि इलाम २ को उपनिर्वाचनमा आफ्नो पार्टी उम्मेदवारलाई समर्थन गर्ने ओलीको तर्क थियो । सोही उपनिर्वाचनलाई लक्षित गरी पार्टीको बझाङ–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गरे । प्रतिस्पर्धा गर्न सक्ने अन्य दल नभएकाले पनि एमालेले जित्ने ओलीको जिकिर थियो । अध्यक्ष ओलीले गत निर्वाचनमा माओवादी र समाजवादी केन्द्रको बलमा कांग्रेसले आफ्नो पार्टीलाई इलाममा टक्कर दिए पनि त्यस्तो अवस्था नरहेको बताए ।

उनले भने, ‘इलाम क्षेत्र नम्बर २ मा हिजो सबै मिल्दा पनि हामीले जितेका हौँ । त्यति बेला कांग्रेसका उम्मेदवार हामीसँग झण्डैझण्डै सिंगौरी खेल्न पुगेको थियो । माओवादीको घाँस, अर्काको घाँस, अर्काको कुँडो सबै खाएर निकै तागतिलो देखिएको थियो कांग्रेस । त्यति बेला हामीले हराइदिएका थियौँ । अहिले त्यस्तो घाँस, कुँडो कतै हुनेवाला छैन । त्यस कारण यसपल्ट इलाममा हामीसँग कोही प्रतिस्पर्धी छैन । हामी जित्छौँ । बझाङ प्राविधिक हिसाबले कुनै बेला हारेका थियौँ । तर आज त्यहाँ समाजवादी पार्टीको भोट, माओवादी पार्टीका भोटले त्यहाँ कांग्रेसले जितेको थियो । आफनै बलमा, आफ्नै तागतमा होइन । हामीले १३ हजार ६ सय ल्यायौँ । उनीहरूले १६ हजार ३ सय ल्याए । ४ हजार माओवादीको छ । १६ हजारमा ४ हजार घटाइ दिनुस् । १२ हजारमा आयो । समाजवादी पार्टीको २ हजार छ । त्यो घटाइ दिनुस् १० हजारमा आयो । मलाई विश्वास छ–अन्तिममा पुग्दासम्म माओवादीले हामीलाई समर्थन गर्छ । किनभने कांग्रेस जिताउन मिल्दैन । हामी भन्दा माओवादी पार्टी धेरै भोट लिएर त्यो पोजिसनमा हुन्थ्यो भने हामी खुला दिलले माओवादीलाई समर्थन गर्थ्यौ । तर माओवादीको ४ हजार छ । हामी १३ हजार छौं । साँढे १३ हजार भन्दा बढी छौं हामी । त्यस कारण हामीले छोड्न मिल्दैन । गणितले स्पष्ट देखाउँछ–हामी यस पटक कमसेकम १३ हजारबाट १६ हजार त पुग्छौँ पुग्छौँ । कांग्रेस १० हजारमा झर्छ । त्यो स्पष्ट छ ।’

अध्यक्ष ओलीले बझाङ प्रदेश १ मा पनि आफ्नो पार्टीले १६ हजार बढी मत ल्याएर जित्ने दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ