arrow

सन् २०२३ मा फिलिपिन्सको निर्यात एक खर्ब अमेरिकी डलरभन्दा बढी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
philippines.jpg

काठमाडौँ । फिलिपिन्सको व्यापार तथा उद्योग विभाग (डीटीआई) का अनुसार सन् २०२३ मा पहिलो पटक फिलिपिन्सको निर्यात एक खर्ब तीन अर्ब अमेरिकी डलर पुगेकोे छ । यो सन् २०२२ को तुलनामा ४.८ प्रतिशत बढी हो । 

देशको केन्द्रीय बैङ्क बाङ्को सेन्ट्रल एनजी पिलिपिनास (बीएसपी) को तथ्याङ्क उद्धृत गर्दै डीटीआई सचिव अल्फ्रेडो पास्कुएलले सूचना प्रविधि र व्यापार प्रक्रिया व्यवस्थापन क्षेत्रको बलियो प्रदर्शन र पर्यटन राजस्वमा आएको सुधारले वृद्धिलाई बढावा दिएको बताए ।

बढ्दो पर्यटन सञ्जाल र प्रबद्र्धनात्मक प्रयासका कारण फिलिपिन्सले १५ वर्षमा पहिलो पटक पर्यटन राजस्वमा अधिशेष रेकर्ड गरेको छ । सन् २०२३ मा फिलिपिन्सको पर्यटन राजस्व सन् २०२२ को स्तरभन्दा दोब्बर भन्दा बढी अर्थात् ९.१ अर्ब डलर पुगेको छ ।

डीटीआईका अनुसार, निर्यात वृद्धिको अधिकांश भाग देशको सेवा निर्यातमा १७.४ प्रतिशतको उल्लेखनीय विस्तारबाट प्रेरित थियो भने पर्यटन सेवाहरूले २०२३ मा वृद्धिभउका सेवाहरू निर्यात प्राप्तिको लगभग ७० प्रतिशत योगदान पुर्‍याएको थियो । तथापि, वस्तु क्षेत्रको कमजोर बाह्य मागले आर्थिक वृद्धिमा निर्यातको समग्र योगदानलाई कमजोर बनायो ।

 सन् २०२३ मा कुल निर्यातले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २७ प्रतिशत हिस्सा ओगटेको थियो । सन् २०२२ को तुलनामा इलेक्ट्रोनिक्समा ३.४ प्रतिशत अर्थात् ९५ करोड ५० लाख डलरको गिरावट आएको छ ।  “यो गिरावटले निर्यात राजस्व सङ्कलनको विविधीकरण र प्रमुख क्षेत्रहरूमा प्रतिस्पर्धात्मकता बढाउने महत्वलाई उजागर गर्दछ,” पास्कुएलले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ