arrow

गण्डकी प्रदेशमा गठबन्धनलाई राप्रपाको ‘साँचो’ काँग्रेसलाई दुई सिटको खाँचो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २२ बिहिबार
gandaki-pradesh-province-4.jpg
तस्बिर : फाइल

काठमाडौँ। वर्तमान सरकार गठन भए देखिनै राप्रपालाई बेवास्ता गर्दा गण्डकी प्रदेशमा सत्ता गठबन्धन अप्ठेरोमा परेको छ। गण्डकी र कर्णाली प्रदेशका मुख्यमन्त्रीले बुधवार राजीनामा दिएसँगै दुवै प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको अवस्थामा गण्डकीमा राप्रपाले साथ नदिने भएपछि अप्ठेरोमा परेको हो।

राप्रपालाई साथ नलिने हो भने गण्डकीमा काँग्रेसले नै ठूलो दलको हैसियतबाट सरकार गठन गर्न सक्छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई चैत २७ भित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिसकेका छन्। कर्णालीका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीको दाबीसहित प्रस्ताव गर्न ७ दिनको समय दिइसकेका छन्। कणालीमा त माओवादी र एमाले मिलेर सरकार बनाउने अवस्था रहेको छ। गण्डकीमा भने अहिलेको परिस्थिति फरक बनेको छ।

गण्डकीमा काँग्रेसका सुरेन्द्रराज पाण्डे र कर्णालीमा माओवादीका राजकुमार शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिइसकेपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढेको छ। ६० सदस्यीय गण्डकी प्रदेशसभामा काँग्रेस २७, एमाले २२, माओवादी ८, राप्रपा दुई र स्वतन्त्र सांसद एक जना छन्। सरकार बनाउन आवश्यक ३१ सांसदका लागि दुवै पक्षलाई सकस भएको छ। नयाँ गठबन्धनअनुसार एमाले–माओवादी मात्र भएर सरकार गठन गर्ने स्थिति छैन।

एमाले–माओवादीलाई राप्रपाको साथ चाहिन्छ भने काँग्रेसलाई पनि सहजै सरकार बनाउने स्थिति नभएपछि ठूलो दलको आधारमा मुख्यमन्त्री दाबीको तयारी थालिएको छ। चैत ५ मा भौतिक मन्त्री बनाएर पाण्डेले स्वतन्त्र सांसद दीपक मनाङेलाई आफू निकट ल्याएर सरकार टिकाएका पाण्डेले अब भने ठूलो दलको हैसियतमा दाबी गर्न लागेका हुन्। सरकार गठनमा निर्णायक भूमिकामा रहेको राप्रपा कसैको बहुमत नपुगेर मध्यावधिमा जाने स्थिति भए मात्रै सरकारमा सहभागी हुने बताएको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलले नयाँ सत्ता समीकरण बनेपछि अहिले राप्रपालाई बेवास्ता गरेकाले आवश्यक परे पनि पछि सहयोग नगर्ने सङ्केत गरेका थिए। सत्ता गठबन्धनमा रहेका दलहरूले राप्रपालाई गठबन्धनमा सहभागी नगराउने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए।

उता कर्णालीमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएसँगै अघिल्लो कार्यकालको प्रदेशसभामा एमालेको तर्फबाट मुख्यमन्त्रीका प्रमुख दाबेदार यामलाल कँडेल मुख्यमन्त्रीको दाबीमा लागेका छन्। त्यस बेला एमाले र माओवादी मिलेर नेकपा बनेपछि माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेका थिए। अहिले शर्मा मुख्यमन्त्री भए। शर्मा मुख्यमन्त्री भएकै बेला कँडेलले अर्को मुख्यमन्त्रीको दाबीका लागेका हुन्। शर्माले राजीनामा दिइसकेका छन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा काँग्रेसका १४, माओवादी १३, एमाले सभामुखसहित १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र एक÷एक सांसद छन्। कर्णालीमा एमाले र माओवादी मिलेमा सरकार बन्नेछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ