arrow

स्वास्थ्य क्षेत्रको ठूलो माछा अन्सारीलाई अस्पतालबाटै हतकडी, जनस्वास्थ्यमा गम्भीर खेलबाड

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८० चैत २६ सोमबार
national-medical-college-owner.jpg

वीरगन्ज। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुङ्गेलले देशकै स्वास्थ्य क्षेत्रको ठुलो माछा समाएका छन्। पैसाको बलमा दिन प्रतिदिन जनस्वास्थ्यमा खेलबाड गरेको आरोप लाग्दै आएका डा.जैनुद्दिन अन्सारीले नेशनल मेडिकल कलेजको डायलासिस, ल्याब र फार्मेसी सबै ठेक्कामा दिएको र त्यस बापत पैसा मात्र छापी रहेको गुनासो धेरै पहिला देखिनै आएको थियो। तर पनि चलखेल जान्ने तत्कालीन एमडी बसरुद्दिन अन्सारीले स्थानीय निकायका हर्ताकर्तालाई बुझो लगाउँदै आएका थिए।

आफ्नै भाइ बसरुद्दिन अन्सारीलाई डा जैनुद्दिनले निकाले पछि अस्पतालको एमडी बनेका छोरा शाहनवाज अन्सारी आफ्नो अस्पतालमा सुधार ल्याउनुको साटो आफ्नो महिला मित्रको बुवालाई बोलाएर चेकजाँच विभाग र फार्मेसी जिम्मा लगाएका थिए। त्यसपछि बनेको नयाँ सिन्डिकेटले कमसल र म्याद गुज्रेको केमिकल प्रयोग गरी सर्वसाधारणको जिउधनसंग खेलबाड गरी रहेको रिपोर्ट आएपछि वीरगन्ज महानगरपालिकाको उप-मेयरको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले नेशनल मेडिकल कलेजको ल्याबमा पुगी सोमबार दिउसो छापा मारेको थियो।

त्यहाँ ठुलो परिमाणमा म्याद गुज्रेको केमिकल प्राप्त भएपछि एसपी कुमोद ढुङ्गेललाई खबर गरेपछि उनले मेडीकल कलेजमा गई एमडी शाहनवाज अंसारी र ल्याब प्रमुख सञ्जय साहलाई गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएका छन्।

यो समाचार लेखुन्जेलसम्म प्रहरीको तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन। एमडी शाहनवाज अन्सारीलाई एसपी कुमोध ढुङ्गेलको कोठामा राखिएको बुझिएको छ।

नेशनल मेडिकल कलेजका अध्यक्ष डा.जेनुद्दिन अन्सारी आफ्नो एक मात्र छोरा एमडी शाहनवाज अन्सारीलाई छोडाउन प्रधानमन्त्री र गृहमन्त्रीलाई तारन्तार फोन गरी छोरालाई रिहा गराउन पर्सा प्रहरी माथि दबाब सृजना गराई रहेको बताइन्छ।



लोकप्रिय समाचार
नयाँ