arrow

जंगलमा आगो लगाउने मैते पक्राउ 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० चैत २९ बिहिबार
crime-final-everytime-use.jpg

काभ्रे । जंगलमा आगो लगाउने युवा पक्राउ परेका छन् । गएराति साढे ८ बजेको समयमा काभ्रे मण्डनदेउपुर नगरपालिका ११ तर्किनटार बस्ने रामबहादुर तामाङको छोरा वर्ष ३१ को मैते तामाङले आफ्नो नजिकैको पाखामा आगो लगाउँदा नजिकैको जंगलमा समेत आगो लागी क्षति पुगेको छ । 

आगोले चाखोलाबाट त्यस जंगल हुँदै लिएर आएको काभ्रे खोला दोभान सोलारमुस खानेपानी तथा सिँचाइ परियोजनाको सोलारको तार, खानेपानी र सिँचाइको कालो पाइप त्यस जंगलमा पर्ने तार र पाइपहरु अन्दाजी ५० मिटर जतिको बीचको भाग जलेर नस्ट भएको हो । 

योसँगै प्रहरीले मैतेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ