मुम्बई । पोर्न स्टार सन्नी लियोनी यतिबेला भारतीय चलचित्र उद्योगकी एक ब्राण्ड बनिसकेकी छिन् । तर बलिउड आउनुअघि उनको छवि एक पोर्न स्टारकै थियो ।
उनी पोर्न स्टार बन्ने सुन्दा भारतीय मुलकी ती पोर्न स्टारका अभिभावकले कस्तो प्रतिक्रिया जनाए होलान् ?
अवश्य पनि आफ्नै मर्जीले पोर्न स्टार बनेकी सन्नीका बाबुआमा निकै चिन्तामा परे ।
एक अन्तर्वार्ताका क्रममा सन्नीले भनेकी छिन्, ‘पोर्न इन्डस्ट्रिमा म व्यापारका लागि निस्केकी थिएँ । म मेरा अभिभावकको इच्छा बिना नै यो उद्योगमा छिरेकी थिएँ । मेरो लागि यो एक व्यापार थियो ।’
आफूले एडल्ट इन्डस्ट्रिको चर्चित पत्रिका पेन्टहाउसको कभर अफ द इयर बनेपछि एक लाख अमेरिकी डलर जितेपछि बल्ल आफ्ना बाबुआमालाई यसबारे बताएको स्पष्ट पारिन् ।
सन्नीले भनिन्, ‘हर सामान्य परिवारका अभिभावकले झैं बाबुआमाले आफूमाथि प्रतिक्रिया जनाए ।’
‘मेरो जीवनलाई मैले के गर्नुछ त्यो निर्णय मैले लिएकी हुँ भनेपछिमात्र मेरो अभिभावक मसंग सहमत भए’, सन्नी लियोनीले भनिन् ।
सन्नीको जन्म सन् १९८१ मा क्यानडाको सर्निया ओन्टारियो भन्ने ठाउँमा एक पंजावी सिख परिवारमा भएको थियो ।
परिवारसंगै अमेरिका वसाइसराइ गर्दा सन्नी ११ वर्षकी थिइन् । सन्नीका बाबु इन्जिनियर थिए भने आमा गृहिणी ।
उनी १३ वर्षकी छँदादेखि नै बाइसेक्सुअल थिइन् । १६ वर्षको उमेरमै सनीले आफ्नो कौमार्य भङ्ग गरेकी थिइन् ।
१९ वर्षकी छँदा सन्नी पोर्न इन्डष्ट्रिमा छिरिन् । पहिलो उनको भिडियो एक लेस्वियनको थियो ।
पोर्न इन्डस्ट्रिमा छिर्नुअघि उनी जर्मन बेकरी तथा टयाक्स एण्ड रिटायरमेन्ट फर्ममा काम गर्थिन् ।
सन्नीको यो जीवनी भरिएको कहानी सन् २०१७ मा सार्वजनिक हुने उनको डकुमेन्ट्री ‘मोस्टली सन्नी’ मा देख्न पाइने छ ।