arrow

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन् - देउवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
deuba-investment-forum.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् । आइतबारबाट शुरु भएको दुई दिने लगानी सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा विकासको प्रचुर सम्भावना रहेको बताए । उनले विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार रहेको जिकिर गरे । उनले विदेशी लगानीका लागि प्रायः सबै क्षेत्र खुला रहेको बताए । 

उनले कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, पर्यटन, जलविद्युत र सूचना प्रविधि जस्ता प्रमुख क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीले परिवर्तनकारी प्रभाव छोड्न सक्ने बताए । उनले नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न विभिन्न देशसँग द्विपक्षीय लगानी संरक्षण सम्झौता गर्न सरकार इच्छुक रहेको बताए । उनले सबै प्रमुख राजनीतिक दलहरू नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न एकजुट हुन प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘नेपाल अझै पनि कम विकसित देश हो । हामीले विकासका ठुला चुनौतीहरूको सामना गरिरहेका छौं । हाम्रो देशमा विकासको प्रचुर सम्भावना छ तर हामीसँग विकासका फाइदाहरू प्राप्त गर्न पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव छ । यस सन्दर्भमा यो उच्चस्तरीय कार्यक्रमको आयोजनाले विशेष महत्त्व राख्दछ । मेरो पार्टीले नेपालमा आर्थिक सुधारको थालनी गरेको छ । सन् १९९० मा नेपाली कांग्रेसको सरकारले अर्थतन्त्रलाई उदारीकरण, निजी क्षेत्रलाई आमन्त्रण र विदेशी लगानीका लागि अनुकूल वातावरण सिर्जना गरेको थियो । त्यो छोटो अवधिमा हाम्रो सरकारले नीतिहरू पुनर्संरचना ग¥यो । पुराना कानूनहरू परिमार्जन ग¥यो र नयाँ कानून ल्यायो, सार्वजनिक खर्चलाई तर्कसङ्गत बनायो र उदार कर प्रणालीको थालनी ग¥यो । विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार छ । विदेशी लगानीका लागि प्रायः सबै क्षेत्र खुला छन् । कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, पर्यटन, जलविद्युत र सूचना प्रविधि जस्ता प्रमुख क्षेत्र हुन् जहाँ स्वदेशी तथा विदेशी लगानीले परिवर्तनकारी प्रभाव पार्नेछ । विदेशी लगानी स्वदेशी कानून र हाम्रो देश पक्ष भएको विभिन्न अन्तर्राष्ट्रिय साधनहरूद्वारा सुरक्षित छ । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सरकारले विभिन्न देशसँग द्विपक्षीय लगानी संरक्षण सम्झौता गर्न इच्छुक रहेको थाहा पाएको छु । लचिलो श्रम कानून, युवा र ऊर्जावान जनसंख्याको पर्याप्त हिस्सा भएको जनसाङ्ख्यिक लाभांश, बिजुलीको भरपर्दो आपूर्ति, स्थानीय कच्चा पदार्थको उपलब्धताले पनि यस क्षेत्रका अन्य उच्च ज्याला दिने देशहरूको तुलनामा उत्पादन लागत कम बनाउन योगदान पुर्‍याउँछ । हामीले सार्वजनिक–निजी साझेदारी अन्तर्गतका ठुला परियोजनाहरू र अन्य साना तथा मझौला आकारका लगानीका आयोजनाहरूका लागि उद्योग विभाग अन्तर्गतको लगानी बोर्ड समावेश गर्ने वन स्टप सेवा स्थापना गरेका छौं । हामीले कम्पनीहरूको दर्ताको लागि समय र ऊर्जा वचत गर्न र तुलनात्मक रूपमा छोटो अवधिमा सञ्चालनमा राख्न प्रक्रियाहरूलाई सुव्यवस्थित गरेका छौं । साथै, सबै प्रमुख राजनीतिक दलहरू नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न एकजुट हुन प्रतिबद्ध छन् ।’

सभापति देउवाले लोकतान्त्रिक ढाँचा अन्तर्गत आर्थिक विकासलाई अगाडि बढाउन बजार र निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । सरकारले सामाजिक न्याय र नेपाली समाजका सबै खण्डहरूको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो जिम्मेवारी नगुमाई लगानी र व्यवसायका लागि अनुकूल वातावरण सिर्जना गर्ने बताए । नेपालले विदेशी लगानीकर्ताहरूप्रति भेदभावपूर्ण नीति नअपनाएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ