arrow

अर्थतन्त्रका सही नीति यथावत रहनुपर्छ : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २५ मंगलबार
Kp oli-uml.jpg
तस्बिर-फाइल

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्रका लागि सही नीति कायम राखिएमा सत्ता गठबन्धन फेरिए पनि फरक नपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले सरकारले मुलुकलाई सकारात्मक दिशामा लान खोजेकाले साथ दिनुपर्नेमा जोड दिए । उनले अब संसद्मा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध नगर्ने अपेक्षा गरेको बताए ।

उनले प्राकृतिक स्रोत, पुँजी र प्रविधिका आधारमा आत्मनिर्भरता वृद्धि गरी समृद्धि हासिल गर्न आत्मविश्वासका साथ सरकारले काम गर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ