arrow

कोशीको कहर

हतारमा प्रदेश प्रमुख, बाेलाए हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने सांसदलाई सनाखत गर्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
parshuram-khapung-81.jpg
तस्बिर – फाइल ।

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले समर्थनमा हस्ताक्षर गरेका सांसदहरुलाई सनाखतका लागि बोलाएका छन् ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादीका ५२ सांसदको हस्ताक्षरसहित आजै दाबी पेश गरिएको थियो ।

प्रदेश प्रमुखले बिहीबार दिउँसो साढे १२ बजे परिचय पत्रसहित प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर सनाखत गर्न आग्रह गरेका हुन् ।

संविधानको धारा १६८ (५) अन्तर्गत उनले बुधबार राति मात्रै नयाँ सरकार गठनको लागि शुक्रबार साँझ ५ बजेसम्मको समय राखेर दाबी पेश गर्न आह्वान गरेका थिए । 

तर उनले निकै नै हतार गरेर नयाँ सरकार गठनका लागि दाबी पेश हुनासाथ सनाखत गर्न बोलाएका हुन् । 

विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छन् । उनी अहिले काठमाडौँ आइपुगेका छन् । 

मुख्यमन्त्री कार्कीले आफू संविधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धारा अनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन् ।

९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ