arrow
ADVERTISEMENT

आज राष्ट्रिय साइकल दौड प्रतियोगिता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ५ शनिबार
pokhara-valley-city.jpg
तस्बिर-फाइल

पोखरा । साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा आज राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको राष्ट्रिय साइकल दौड प्रतियोगिता हुन लागेको छ । 

महिला, पुरूष र ‘रन फर फन’ गरेर तीन विधामा प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष दीपकबहादुर गोदारले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । गोदारका अनुसार प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।

प्रतियोगिताको रूट पोखरा-१७ र पोखरा-२१ मा पर्ने गरेर तय गरिएको सहआयोजक कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष शङ्कर भण्डारीले बताए ।

प्रतियोगितामा पुरूषतर्फ २८ किलोमिटर र महिलातर्फ २० किलोमिटरमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा-१७ पावर हाउसबाट बिहान प्रतियोगिता सुरू हुनेछ । पावर हाउसबाट सुरू हुने दौड महतगौँडा-दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा-२१ फेदीपाटन-खस्र्याङ-निर्मलपोखरी-फेदीपाटन-दम्सादी हुँदै पावर हाउस आएर टुङ्गिने छ ।

प्रतियोगितामा एक सय जना खेलाडी सहभागी हुने आयोजकको अनुमान छ ।

प्रतियोगितामा सहभागी खेलाडीको रु पाँच लाख बराबरको बीमा गरिएको अध्यक्ष गोदारलले जानकारी दिए । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला-पुरूष खेलाडीले जनही क्रमशः रु ५० हजार, रु तीन हजार र रु २० हजारका दरले नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । 

चौँथो र पाँचौँ हुनेले क्रमश ः रु १० हजार र रु पाँच हजारसहित मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाभित्रका खेलाडी जसले दूरी सुरूमा पार गर्छ उसले नगद रु १० हजार पोखरा च्याम्पियनको उपाधि प्राप्त गर्ने बताइन्छ ।

प्रतियोगिताको सहआयोजक पोखरा महानगरपालिका-१७ का वडाध्यक्ष राधिका शाही योगीले पर्यटकीय राजधानी पोखरा भन्ने नारालाई सफल पार्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका हुने बताए । 

उनले स्वस्थ हुन खेलकुद आवश्यक रहेकाले वडाले विभिन्न खेल प्रतियोगिता गरेर स्वस्थ नागरिक र खेलाडी उत्पादनमा ध्यान दिएको बताए । समितिका अध्यक्ष गोदारले महानगरले ग्रास रूटबाटै खेलाडी उत्पादनमा जोड दिएको बताए ।

उनले भने, “हामीले १० वटा ग्रासरूट प्रतियोगिता गर्यौँ । यो भनेको विद्यालयसँग जोडिन्छ जहाँबाट खेलाडी उत्पादन हुन्छ, ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ